Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

बेल्जियम – बेल्जियममा रहेका नवलपरासीबासीहरुको संस्था नवलपरासी सहायता समाज बेल्जियमले नवलपरासीको कावासोतीस्थित मध्य बिन्दु सामुदायिक स्मृति अस्पताललाई सहयोग स्वरुप एक सोलार सेट प्रदान गरेका छन ।
उनीहरुले रु एकलाख पचास हजार बराबरको सोलारसेट गत मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन।
कार्यक्रममा नवलपरासी सहायता समाज बेल्जियमका नरहरी सापकोटा अस्पतालका संचालन समितिका अध्यक्ष महेन्द्र पोख्रेल, अस्पतालका पूर्व अध्यक्ष कृष्णबहादुर बस्नेत, सचिव बालकृष्ण घिमिरे, कृष्णबहादुर ढंङ्गाल तथा पत्रकारहरुका समुपस्थितिमा उक्त सेट हस्तान्तरण गरिएको थियो ।
अस्पतालमा दिनहु बिरामीको चाप बढ्दै गएको र उपचारको क्रममा देशमा भैरहेको लोडसेडिङको मारले अस्पतालमा बिरामीको उपचारमा कठिनाई आएको भन्दै सहयोग गरिएको बताईएको छ । सोलार सेटको जडान पश्चात उपचारको क्रममा बिजुलीबाट चल्ने अस्पतालका उपकरण भिडियो एक्सरे मेशिन, अपरेशन मेशिन लगायत अन्य अत्याधुनिक ईलेक्ट्रोनिक उपचार जन्य उपकरणहरु मार्फत बिरामीहरुको उपचारमा सहज हुने अस्पताल श्रोतले बताएको छ ।
प्रवासको भूमिमा रहेर पनि आफ्नो मातृभूमि तथा आफ्नो गाऊं क्षेत्रलाई सहयोग गर्नुहुने बेल्जियममा रहेका नवलपरासीबासीलाई अस्पतालको तर्फबाट बिषेश धन्यबाद सहित संस्थालाई बिषेश सम्मान गरिएको थियो भने कार्यक्रमा समाजका तर्फबाट नरहरी सापकोटाले नवलपरासी जिल्लाको चौतर्फि बिकासमा बिषेश गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यथासक्य सहयोग पुरयाउने महान लक्ष्यका साथ स्थापना गरिएको नवलपरासी सहायता समाज बेल्जियमले आगामी दिनहरुमा पनि यस्तै क्षेत्रमा सहयोग पुरयाउने बताएका थिए ।

उक्त कार्यक्रम मार्फत बिगत लामो समयदेखि स्वास्थ उपचार गराईरहेका नयाँबेलहानीका कनुवा चौधरीको उपचारको निमित्त समाजसेवी बासुदेव सापकोटा र समाजका सदस्य सोमनारायण थानेतबाट बीस हजार रुपैंया बिरामीलाई हस्तारण गरिएको थियो ।
1 2 3 4 1781975_10202072446957975_1753182979054795681_n

तपाईको प्रतिक्रिया