Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

टोकियो – बर्मुडामा जम्मा ४२ जना नेपाली छन्। ती मध्य ११ जना नेपालीहरुले हालै एक कार्यक्रममा रक्तदान गरेका छन।

बर्मुडा, अमेरिकाको पूर्वी किनारानजिकै उत्तरी आन्ध्र महासागरमा छ। ५३ वर्ग किलोमिटरको बेलायती अधिनको यो मुलुकमा बर्मुडामा ६४ हजार मानिस बस्छन्। बर्मुडामा एक बर्षमा २००० युनिट रगतको आबश्यक पर्दछ।

यस अघि नेपालीमाझ रक्तदानलाई विश्वव्यापी बनाउने अभियानका दौरानमा इन्टरनेशनल नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अर्जुनप्रसाद मैनालीले मे २, २०१४ मा बर्मुडामा ११६ औं पटक रक्तदान गरे । अर्को रक्तदान अभियान अन्तर्गत उनी जुलाई १२, २०१४ मा मकाउमा सहभागी हुँदै छन । नेपाल, भारत र अमेरिका बाहेक मैनाली २०१३ मार्च १ मा एनआरएन क्यानाडा र २०१४ मार्च १० मा नेप्लिज ब्लड डोनर्स युकेले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
अमेरिकाको न्यूयोर्कमा २५ वटा नेपाली संस्थाहरुले संयुक्तरुपमा मे ११ मा रक्तदान गरेका छन्। त्यस्तै प्रवासी नेपाली मंच अष्ट्रेलियाले मे १६ र १७ मा अनि एनआरएन स्पेनले जुन ७ मा रक्तदान कार्यक्रम गर्ने कार्यक्रम रहेको मैनालीले समुद्रपारिलाई बताए । ***
Blood Donation

 

तपाईको प्रतिक्रिया