ब्रसेल्स – बेल्जियमका नेपालीहरुले हालै पेरिसको आइफिल टावर अवलोकन भ्रमण गरेका छन । ईन्द्रधनुष क्लव बेल्जियमले हालै पेरिसस्थित बिश्वप्रसिद्ध आइफिल टावरको भ्रमण कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त क्लवले गत आइतवार बिश्वप्रसिद्ध सुन्दर सहर फ़्रान्सको राजधानी पेरिसमा अवस्थित आइफिल टावरको भ्रमण कार्यक्रम सम्पन्न गराएको हो ।
भ्रमणमा बेल्जियमस्थित विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि एवं नेपाली समाजका अग्रजहरुको सहभागिता रहेको थियो । भ्रमणदलका सहभागीहरुले भरिभराउ बस बेल्जियमका बिभिन्न मनोरम ठाउं र फ़्रान्सको पर्यटकीय स्थलहरुको अवलोकन गरेको थियो । यात्राकोक्रममा सहभागीहरुले नेपाली गीत, संगीत, गजल, मुक्तक तथा आ-आफ़्ना सिर्जनाहरु सुनाएर यात्रालाई थप मनोरञ्जनपूर्ण बनाएका थिए ।
स्रोतकाअनुसार दुई वर्ष दुईमहिना पाँच दिन लगाएर निर्माण गरिएको आइफिल टावरको उचाई तिन सय मिटर अग्लो छ । सन् १८८९ मा अर्थात १२५ वर्ष गाडि निर्माण भएको उक्त टावर निर्माणमा करिव दश हजार टन फलाम प्रयोग गरिएको थियो । विश्व प्रसिद्ध आइफिल टावरमा हालसम्म २५० मिलियन यात्रु चढिसकेका छन् । हरेक वर्ष ५५ लाख पर्यटकले यस टावरको अवलोकन गर्न आउने बताईन्छ ।
भ्रमणकै क्रममा आइफिल टावरको माथिल्लो तलामा अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा ईन्द्र धनुष क्लवको बैठक बसेको थियो ।
टावरको अवलोकन पश्चात भ्रमणटोलीले पेरिस गेट, मोनालिसा दरवार, पालिर्यामेन्ट हाउस, बिश्व प्रसिद्ध पेरिस चर्चहरुलगायतका पेरिसका पर्यटकीय स्थानहरुको अवलोकन गरेको थियो ।
सन् २००२ मा स्थापना भएको ईन्द्र धनुष क्लवले बेल्जियममा रहेका नेपालीहरुलाई एकिकृत गर्दै नेपाल र नेपालीलाई चिनाउन बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरु गर्दै आएको छ । ***









