Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिने वा नदिने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सुनुवाइ सरेको छ ।

न्यायाधीशद्वय चोलेन्द्र सम्सेर राणा र हरिकृष्ण कार्कीको इजलासमा ‘ख’ नम्बरमा पेशी रहेको उक्त मुद्दा कार्कीले हेर्न अस्वीकार गरेपछि सुनुवाइ सरेको हो । सरकारले ढुंगेललाई जेठ १५ गते आममाफी दिन लागेकाले त्यसलाई रोक्न माग गर्दै रिट दायर भएको थियो ।

शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढुंगेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र अदालत उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको थियो । शनिबार सार्वजनिक बिदाको दिन भएकाले सर्वोच्चले आइतबार दुवै पक्षको छलफलको मिति इजलासबाट तोकेको थियो । आज सुनुवाइ सरेकाले दुई दिनभित्र यसको सुनुवाइ भई निर्णय हुनुपर्नेछ । निर्णय नभए ढुंगेलले माफी पाउनेछन् ।

यसैबीच बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने भन्दै आज काठमाडौंमा विरोध प्रदर्शन भएको छ । हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधीलाई राजनीतिक आवरणको आडमा आममाफी दिन सरकार लागि परेको भन्दै द्वन्द्वपीडितहरूले विरोध प्रर्दशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया