Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

गजल

कोही मान्छे नि आफ्नो यहाँ हैन रहेछ,
दुष्टहरु नभएको परदेश नि छैन रहेछ ।।

के के नै होला बिदेश भन्ने सोच्थे मैले तर,
प्रकृति नै उस्तै , मान्छे फरक रैन रहेछ ।।

यहाँ त मान्छेहरुको रुप चिन्नै गाह्रो भयो,
पैसासंगै इज्जत लुट्ने हरुकै बैन रहेछ ।।

कस्तो दुर्भाग्य ! छोरीचेली लुटुवाहरुकै,
ठूलो पद, ठूलै सम्मान अनि चैन रहेछ ।।

भन्थिन आमा जन्मनु नै दुर्भाग्य हो हाम्रो
छोरीको भाग्य नै पग्ली जाने मैन रहेछ ।।

-गल्कोट हरिचौर
हाल: जापान , टोकियो

तपाईको प्रतिक्रिया