Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई संयुक्त कारोबार सुरु गरेका छन् । दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार सुरु गरेको यो पहिलो पटक हो ।

दुवै बैंकले नेपाल राष्ट्र बैंकमा एकीकरणका लागि संयुक्त निवेदन दिएपछि राष्ट्र बैंकले सैद्धान्तिक सहमति उपलब्ध गराएसँगै ती बैंक एकीकरण भई अब बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडका नामबाट कारोबार सुरु गरेका छन् । अब बैंकको चुक्ता पुँजी रु ४९७ करोड पुगेको छ । यसका ७४ शाखा छन् भने ६३ एटीएम काउन्टर, ३३ शाखारहित बैंङ्किङ सेवा र सात वटा एक्सटेन्सन छन् । pp

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निक्षेपकर्ताको आकर्षण वित्तीय संस्थामा बढ्दै गएको अवस्थामा दुवै बैंक एकीकृत भएपछि निक्षेपको सुरक्षण तथा उत्पादक क्षेत्रमा लगानी गर्न जिम्मेवारी बढेको बताउनुभयो । बैंकका अध्यक्ष सत्यनारायण मानन्धरले देशभर वित्तीय पहुँच विस्तार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने संस्थाको नीति रहेको जानकारी दिनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बैंकको सेवालाई विभिन्न दुर्गम क्षेत्र तथा गाउँका जनतालाई वित्तीय सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उक्त संस्थालाई राम्रो बैंकका रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया