Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

काठमाडौं – २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको ‘अग्निले पाएको छ । सो पुरस्कारका लागि आठवटा पुस्तक श्रेष्ठ सूचीमा परेका थिए । मदन पुरस्कार गुठीमा प्राप्त २ सय ९९ पुस्तकहरूबाट आठवटा पुस्तक श्रेष्ठ सूचीमा पारेको थियो ।

जस्मा डा नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रिष्मको नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा.नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सति– इतिहास र मीमांसा’, पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’पुस्तक श्रेष्ठ सूचीमा परेका थिए ।

२०७८ सालको जगदम्बा श्री बनारसबाट प्रकाशित उदयुका सम्पादक श्री दुर्गाप्रसाद श्रेष्ठलाई, र मदन पुरस्कार अग्‍निु पुस्तकका लागि डा. नवराज लम्साललाई अर्पण गर्ने निर्णय गरेको जानकारी सामाजिक संजाल मार्फत मदन पुरस्कार गुठिले जनाएको छ ।

तपाईको प्रतिक्रिया