Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

काठमाडौं – महानायक राजेश हमाल हेलिकप्टर चार्टर गरी शुक्रबार एउटा बिबाहको निम्तामा सरिक भएका छन । विगत सात वर्षदेखि घरमै आएर आफ़्नो कपाल काट्दै आएका नाई सुरेन्द्रको बिबाहमा उनी सरिक भएका हुन ।

हमालको उपस्थितिले काठमाडौंमा कपाल काट्ने पेसा गर्दै आएका सुरेन्द्र ठाकुरको विवाहमा बबरगंजबासीका लागि ऐतिहासिक बन्यो। नायक राजेश हमाल उनको विवाहमा हेलिकप्टर चार्टर गरेर सहभागी भएका थिए। शुक्रबार दिउँसो सवा एक बजे हमाल बबरगंजमा उत्रिए ।

स्थानीय संचारमाध्यमका अनुसार उनको स्वागतमा पूरा गाँउ जुटेको थियो । मैथिलभाषी गाउँमा आफ्नो फ्यानको भिड देख्दा हमाल छक्क परे । उनी आउने खबर सुनेर वरपरका गाउँका समेत प्रशंसक जम्मा भएका थिए । बिहेमा हमाल एक घन्टा बसे । त्यो अवधिमा उनीसँग फोटोखिच्नेको भिड नै लाग्यो । विवाहमा हमाल आएपछि सुरेन्द्रको मुहारमा बेग्लै खुशी छाएको थियो । राजेश हमाल सुटिङ छाडेर विवाहमा आएको सुरेन्द्रले बताएका थिए । ***

तपाईको प्रतिक्रिया