Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

टोकियो – जापानका विदेश मन्त्री फुमियो किसिदाले जापानका लागि चिनियाँ राजदूतलाई मङ्लगबार बोलाएर चिनियाँ पक्षद्वारा चीन जापान सिमास्थित केही विवादित टापू वरपर पानी जहाजको अनावश्यक आहोरदोहोर भएको भनी चासो व्यक्त गर्नुभएको छ ।
पूर्वी चिनियाँ समूद्रि इलाकामा रहेको केही विवादास्पद टापू वरपर चिनियाँ सामुद्रिक सुरक्षा गार्ड सहित विगत केही दिन देखि पानी जहाजको सङ्ख्या अस्वभाविक रुपमा वृद्धि भएको भनी मन्त्री किसिदाले ध्यानाकर्षण गराउनुभएको हो । उक्त क्षेत्रमा सामुद्रिक सुरक्षा गार्ड सहितको १३ वटा पानी जहाज तैनाथ गरिएको जापानको दावी छ ।
किसिदाले जापानका लगि चिनियाँ राजदूत चेङ योङघुवालाई पानी जहाजले उक्त स्थान तत्काल छोडेर अन्यत्र जान पहल गर्न आग्रह गरेको बताइएको छ । यद्यपि चिनियाँ राजदूतले चीन सिमा क्षेत्रमा पानी जहाजको सङ्ख्यामा वृद्धि गर्न नचाहेको तर पूर्वी चीनको केही टापू वरपर चिनियाँ माझी पानी जहाज रोकी माछा मार्ने गरेका बुझिएको बताउनुभयो । उहाँले चीनले उक्त स्थानमा थप समस्या आउन नदिन चीनको पहल रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया