Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

लण्डन- नेपाली कांग्रेस बेलायत जनसम्पर्क समितिले पार्टीको विधान संशोधन गर्न सुझाव संकलन समिति गठन गरेको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङको सभापतित्वमा लण्डनमा सम्पन्न पूर्णबैठकले महामन्त्री राजकुमार त्रिपाठीको संयोजकत्वमा बिधान संशोधन सुझाव समिति गठन गरेको हो । समितिले बेलायतस्थित कांग्रस समर्थक नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गर्नेछ । बेलायतमा रहेको दुई जनसम्पर्क समितिको एकतापछि पहिलो पटक बैठक बसेको हो ।

बैठकमा युवराज गुरुङ, हिमाल गुरुङ, शिव तिमिल्सीना, राजकुमार त्रिपाठी, मिन रानाभात, तर्क जंग गुरुङ, तस्विर लामा, प्रबक्ता प्रवेश केसी, सूर्य तामाङ, कुष्ण गुरुङसाथै आमन्त्रीत सदस्यहरु प्रताप रायमाझी, रेशम रायमाझी, चन्द्रकला थापा, धिरज राई, भिम राई,श्रीमति भगवती रानाभाट, कमला गुरुङ, देवि गुरुङलगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया