Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

काठमाडाैं – संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् ।  शुक्रबार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरूबीचमा एकता ल्याउने बताएका हुन् ।

उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे । ‘नेपालमा जाति, जनजातिहरूको, बिभिन्न धर्म, संस्कृतिहरुको समावेशीकरण गरेर एउटा राष्ट्रियकरण गरेर जब नेपाल बन्छ, त्यो बेला राष्ट्रिय एकता भानुभक्तको रामायणले जसरी एकता ल्यायो, भाषिक एकता ल्यायो त्यस्तै लोक संस्कृतिले पनि एकता ल्याउँछ’ उनले भने, ‘लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई विचारै नगरीकन, अघि बढ्यो भने जस्तोसुकै उन्नति भए पनि समावेशीकरण हुन सक्दैन ।’

पत्रकार गिरीश गिरीले लेख्नुभएको जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार एक कार्यक्रमका बिच ललितपुरमा लोकार्पण गरेको हो । सो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफुले आफुलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए । सो पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्याउने पनि उनले बताए ।

पुस्तकका लेखक गिरीश गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाडौंभित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उनले जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिनुभएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया