Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026
लण्डन-केहि दिन अघि सार्बजनिक भएको  लोक- पप शैलीको ” लण्डन आईमा सेल्फी”  गीत  युट्युबमा निकै रुचाइएको छ।  लण्डन आईमा सेल्फी खिचेरसंगै मेला गएको, उकाली ओराली गरेको आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भाव रहेको  उक्त गीतमा लण्डनको लोकप्रिय स्थल लण्डन आईको  सेरोफेरोमा खिचिएको छ। बेलायतमा रहेतापनि नेपाली  गीत संगीतमा लागि परेका सोहन घिमिरेको उक्त गीतमा स्वर, संगीत र शब्द रहेको छ। दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ।  हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत https://www.youtube.com/watch?v=Wv1T5METSAo&t=166
 मा हेर्न सकिन्छ।  घिमिरेको यस अघिको गीत तीन जुरेको डांडा, यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो। भिडियो तलको link हेर्न सकिन्छ

तपाईको प्रतिक्रिया