Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

मस्को– अघिल्ला बर्षहरुमा जस्तै यस वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिखको स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रीदिवसीय वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा रुशको राजधानी मस्को र सेन्ट–पिटर्सबर्ग लगायतका नगरका विभिन्न शिक्षण संस्थानका साथै र युक्रेनको राजधानीबाट समेत प्राच्यविद्याको क्षेत्रमा अनुसन्धानरत विद्वानहरुको सहभागिता थियो ।

सम्मेलनको उदघाटन गर्दै प्राच्यविद्या संस्थानका निर्देशक भालेरी आन्द्रोसोभले रुसमा जस्तोसुकै अवस्थामा पनि प्राच्यविद्याको अस्तित्व कायमै बिश्वास ब्यक्त गर्नुभएको छ । रेरखी स्मृति सम्मेलनले ५२ औं संस्करणसम्म आयोजना हुनु गौरवको क्षण भएको निर्देशक आन्द्रेसोभले बताउनुभयो ।

सम्मेलनमा पाँच सत्रमा प्रस्तुत ३१ वटा कार्यपत्रहरु छलफल भएका थिए । रुस, मध्य एसिया, मङ्गोलिया, चीन, तिब्बत, नेपाल, भारत, श्रीलङ्का लगायत व्यापक क्षेत्रलाई समेट्ने कार्यपत्रहरु प्रस्तुत भएको थियो । सम्मेलनमा प्रस्तुत पूर्वेली देशका प्राचीन र नव्यभाषा, साहित्य, वास्तुकला, चित्रकला, संगीत, संस्कृति, इतिहास, बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म आदि विभिन्न विषयको कार्यपहरुमा छलफल भएको थियो ।

अधिकांस कार्यपत्रहरुमा वैदिक संस्कृति, संस्कृत र पाली भाषाका ग्रन्थहरुको चर्चा चलेको थियो । प्राचीन भारतीय कला सम्बन्धी ग्रन्थ ‘चित्रसूत्र’ को अनुवाद सहित अनुसन्धानात्मक पुस्तककी लेखिका भिक्टोरिया भेर्तोग्रादोभाले प्राचीन भारतीय शिलाभिलेखहरुमा आधारित ‘भारतबाट कारा–तेपेसम्म’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने दार जुताएभले युरी रेरिखको अध्ययनकक्षमा संग्रहित ‘नेपालको अज्ञात सचित्र पाण्डुलिपि’ बारे प्रकास पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया