Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाले राम्रो स्क्रिप्ट पाए नेपाली फिल्ममा आफूलाई काम गर्ने इच्छा भएको बताएकी छन्। काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘२१ औं शताब्दीमा रिलः नेपाली सिनेमाको विकास’ विषयक सेसनमा उनले नेपाली फिल्ममा काम गर्ने चाहना भएको बताएकी हुन्। सहजकर्ता राज शाहले उनलाई सोधेका थिए, ‘तपाईंले नेपाली फिल्म फेरि भेटौंलाबाट अभिनय यात्रा सुरू गर्नुभयो। अब नेपाली फिल्ममा फेरि कहिले भेटिनु हुन्छ?’

उनले जवाफमा भनिन्, ‘अन्त्यमा, राम्रो स्टोरी, राम्रो स्क्रिप्ट भए म नेपाली सिनेमामा काम गर्न चाहन्छु। मलाई नेपाली सिनेमामा काम गर्ने तीव्र इच्छा छ।’ उनले सिनेमामा कथा आफ्नो माटोसँग सुहाउँदो हुनुपर्ने बताइन्। ‘मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बन्धित हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ,’ उनले भनिन्, ‘दुःखसुख, मूल्यमान्यता, सोच, विचारलगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ, बाटो देखाउन सक्छ। सक्नुपर्छ जस्तो लाग्छ।’

उनले आफू अहिले नेटफिल्क्सको वेबसिरिजमा काम गरिरहेको पनि बताइन्‌। ‘ओटीटीबाट प्रसारण हुने भएकाले यो कुनै निश्चित ठाउँको भएन, विश्वभरको हुन्छ। तर पनि ओटीटीका सञ्चालकहरु जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय स्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँको संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन्। त्यसैले जुनसुकै देशले पनि उसको देशको माटो सुहाउँदो फिल्म बनाउन जरुरी छ।’

 

तपाईको प्रतिक्रिया