Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

काठमाडौ । वाणिज्य विभागले तीव्र रुपमा राजधानीका पसलहरूमा छापा मारी लोकप्रीयता हासिल गरिरहेको छ । सर्वसाधारणको नजरमा २-४ वटा पसलमा छापा मारेर उसले आफ्नो लोकप्रियतालाई जोगाएको छ तर राजधानीको एयरपोर्ट, सोर्‍हखुट्टै, अनामनगर लगायतका स्थानमा बाजेको सेकुवा नाम दिएर खोलेको एउटा भट्टीले भने उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्दा पनि वाणिज्य विभागले अनुगमन गरेको छैन ।

स्रोतका अनुसार राजधानीका चर्चित भनिने बाजेको सेकुवा कर्नरमा राजधानी नकिजैका जिल्लाहरुबाट बोकाको पिसाब ल्याएर भैंसीको मासुमा अघिल्लो दिन पोलेर भोलिपल्ट तास र सेकुवा बनाएर ग्राहकलाई विक्री गरिरहँदा पनि यस विषयमा सबै मौन देखिएका छन् । महंगा व्राण्डका रक्सीहरू भन्दै बौद्धमा बन्ने गरेका कुहिएको मोजा, प्लाष्टिक, हड्डी आदिबाट बनेको अखाद्य वस्तु विक्री गरिरहंदा पनि वाणिज्य विभाग मौन बस्नुलाई सबैले शंकाको दृष्टिले हेरेका छन् ।

अनामनगरस्थित बाजेको सेकुवा कर्नरमा गत हप्ता मात्र एक ग्राहकले खाएको मःमः मा भैंसीको सग्लो आन्द्रा भेटेपछि बबाल भएको थियो । चिकेन मःमः भनेर बेचिएको मःमःमा भैंसीका आन्द्रा, बोसो, मुटु, कलेजो, रगत, कुखुराका टाउको खुट्टा, छाला आदि मिसाएर खुवाउंदा पनि राज्य मौन बस्नुले उपभोक्ताहरू त्यस्ता अखाद्य वस्तुको विरुद्ध लड्ने तयारी गरिरहेका छन् । कुनै पनि खानेकुरामा सामान्य मिसावटलाई त स्वीकार सकिएला तर हदै भयो भने पक्कै पच्न सक्दैन । बाजेको सेकुवा कर्नरमा भेटिएका जस्ता मिसावट गम्भिर आपराधिक प्रकृतिको रहेको छ । वाणिज्य विभागले दशैंका बेला यस्ता मिसावटको अनुगमन हुने भएकाले मात्रै सार्वजनिक भए पनि यो बार्‍है मास हुने गरेको छ । पछिल्लो समयमा दैनिक उपभोग्य वस्तु तथा पेय पदार्थमा गम्भीर भेटिने गरेको छ ।

तपाईको प्रतिक्रिया