Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार कमलपाेखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । ‘किन चाउरियो मरिच आफ्नै रागले’ स्लोगन दिएर निर्माण गरिएको यस फिल्मको ट्रेलरमा दयाहाङ राईले डिग्रीको घमण्ड देखाएको देख्न सकिन्छ । सबैले गाउँकै शिक्षण संस्था अध्यापन गराउन आग्रह गर्दा पनि उनले घमण्डका साथ इन्कार गरेको ट्रेलरमा देखिन्छ ।

फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत कलाकारको अभिनय छ।

त्यस्तै, ऋचाको भने फिल्ममा विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ । यो फिल्म चैत ३० बाट प्रदर्शनमा आउँदै छ । बाँसुरी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र शुस्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने कृश लामा हुन् ।

तपाईको प्रतिक्रिया