Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – गायिका समीक्षा अधिकारी अहिले तीज कार्यक्रमका लागि अस्ट्रेलियामा छिन्। यसैबीच समीक्षाको भिसा रुद्ध भएको र ब्ल्याक लिस्टमा परेको खबर बाहिर आएको थियो। तर गायिका समीक्षाले उक्त खबर झुटो भएको बताएकी छिन् ।

बिहीबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै समीक्षाले सत्य तथ्य नबुझी आफ्नो बदनाम गराउन खोजिएको आरोप लगाएकी छिन्।

‘एउटा उमेर पुगेको मान्छे अस्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अस्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रूपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो’, उनले लेखेकी छिन्।

म एउटा अँध्यारो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्धत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सही सके प्लिज मलाई नगिजोल्नुस् उनले अगाडी लेखेकी छिन्।

उनले आफूले ठूला प्रहार खपिसकेको भन्दै उनले सके मिठा शब्द बोलिदिएर मनोबल बढाइदिन आग्रह गरेकी छिन्। ‘सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस्। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुटो हो’, उनले भनेकी छिन्।

तपाईको प्रतिक्रिया