Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

सउल – म्याग्दी समाज समिति दक्षिण कोरियाले हरितालिका तीजको सुखद अबसरमा कोरियामा रहेका म्याग्देली दिदीबहिनीहरुको सम्मानमा आयोजना गरेको दर खाने कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ । गत १५ तारिख शनिबार सांझ राजधानी सउलको दोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजित दरखाने कार्यक्रममा तीस जना भन्दा बढि म्याग्देली दिदी बहिनीहरु सहित करिव ८० जना म्याग्देली दाजुभाईहरुको उपस्थिति रहेको थियो । म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष तथा समाजका सल्लाहकार भक्त शेरचन रहनुभएको थियो भने बिशेष अतिथिहरुमा एनआरएन कोरियाका पूर्व अध्यक्ष तथा समाजका सल्लाहकार बिनोद कुंवर, भुपु अध्यक्ष तथा सल्लाहकार नरबहादुर पुन, ब्यबसायी तथा सल्लाहकार रबिन छन्त्याल र म्याग्दी समाज खेलकूद बिभागका अध्यक्ष मुक्तमान केसी रहनुभएको थियो । कार्यक्रममा मन्तब्य दिने क्रममा प्राय: सबै बक्ताहरुले तीज पर्वको बारेमा प्रकाश पार्दै उपस्थित दिदीबहिनीहरुलाई तीजको शुभकामना दिए। समाजका सचिव बाबुराम शर्माको संचालन र उपाध्यक्ष रामकृष्ण पुनको स्वागत मन्तब्य रहेको पहिलो चरणको कार्यक्रममको अन्तमा म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनले उपस्थित सम्पूर्ण चेलीबेटीहरुलाई पछ्यौरा ओढ्याएर सम्मान गर्दै तीजको दर बितरण गरेका थिए । सोहि अबसरमा उपस्थित म्याग्देली भलिबल टीमका खेलाडीहरुलाई समेत खादा ओढ्याएर सम्मान गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा भएको खानपिन पश्चात गरिएको नाचगान कार्यक्रमले आयोजना स्थल पूर्णत: सांगितिक माहोलमा परिणत गराएको थियो । हप्तौं सम्मको कामले थकित म्याग्देलीहरु सांझ १० बजे देखि बिहान ४ बजे सम्म धितमरुन्जेल रमाए । म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्देली चेलीबेटीहरुको सम्मानमा आयोजना गरेको दरखाने कार्यक्रम यो दोश्रो हो । आगामी बर्षहरुमा पुन: आयोजना गर्दै जाने बाचा गर्दै सम्पूर्ण म्याग्देलीहरुको आगामी दिनहरु सुखमय बनोस् भन्ने कामनाका साथ बिहान पख तीज पर्व २०१२ को बिधिबत अन्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया