Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

वासिङ्टन डिसी – अमेरिकाको बाल्टिमोर सहरमा म्याग्दी समाजले सामुदायिक भवन बनाउने भएको छ ।
माउन्ट एभरेस्ट रेस्टुरेन्ट, बाल्टिमोरमा दिवाभोज सहित सल्लाहकारहरू पनि उपस्थित म्याग्दी समाजको बैठकले उक्त निर्णय गरेको हो ।

बैठक संस्थाका सभापति रामप्रकाश भण्डारीको अध्यक्षतामा बसेको थियो

। सो अवसरमा अमेरिकाका लागी नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महतले बाल्टिमोरमा नेपाली सामुदायिक भवन बनाउन गत ५, ६ बर्षदेखि प्रयास गरिए पनि नसकिएको तर अब म्याग्दी समाजले यो काम सम्पन्न गर्न सक्छ भन्ने कुरामा आफ़ु बिश्व्वस्त रहेको बताउनुभयो ।

बाल्टिमोरमा नेपाली सामुदायिक भवन भवन बनाउने निर्णय गरेको ऊक्त बैठकमा उपस्थित हुने समाजसेवीहरुमा अमेरिका नेपाल सोशाईटीका पूर्ब अध्यक्ष खेम भट्टचन (सिंगा), बानाका संस्थापक अध्यक्ष मोहन थापा (ताकम-धारापानी), बानाका दोश्रो अध्यक्ष क्रिस घिमिरे (ज्यामरूक) बानाका तेश्रो अध्यक्ष र बिना थापा (मरांगखोला) डा. चक्र बुढाथोकी, पीएचडी (सिंगा) जन्स हप्किन्स नेपाली सेनाका चित्र चन्द्र (राखु) बानाका पूर्ब उपाध्यक्ष्य हाल म्याग्दी समाजका अध्यक्ष रामप्रकाश भण्डारी (मुना-फ़लियागाउं) म्याग्दी समाजका संस्थापक अध्यक्ष पारसमणी श्रेष्ठ (मुना फलियागाउं), ओम तुलाचन (म्याग्दी रूम) बानाका पूर्व उपाधक्ष्य, चन्द्र छन्त्याल (गुर्जा), अमर छन्त्याल (गुर्जा), गोपाल बिश्वकर्मा पुलाचौर, अध्यक्ष्य नासो, अधिवक्ता ईन्द्रबहादुर थापा (सिंगा) तथा ब्रिटिस गोर्खाका क्याप्टेन दलबहादुर रोका (राम्चे) लगायत करिब ५० जना जति बैठकमा उपस्थित भएका थिए । ***

तपाईको प्रतिक्रिया