Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

 

नयां दिल्ली – भारतीय हस्तक्षेप तथा नाकाबन्दीको बिरोध गरौ, राष्ट्रियताको रक्षा गरौ भन्ने मूल नारा सहित भारतमा कार्यरत नेपालीहरुको सामाजिक संगठन नेपाली एकता मंच, अखिल भारत नेपाली एकता मंच, मूल प्रवाह अखिल भारत एकता समाज, र प्रवासी नेपाली संघको संयुक्त आयोजनामा भारतद्वारा गत तिन महिना देखि नेपाल माथि लगाएको अघोषित नाकाबन्दी एवंहस्तक्षेप बिरुद्द यहि दिसेम्बर ६ आइतवार दिउसो एक बजे भारतको राजधानी दिल्ली स्थित जन्तरमन्तरमा बृहत बिरोध सभा हुने भएको छ । उक्त बिरोध सभाको कार्यक्रममा नेपाली देशभक्त युवा समाज दिल्ली एनसिआर समितिको पनि अहम भूमिका रहने छ ।

नेपालको संबिधानले राजतन्त्रको अन्त्य गरि गणतन्त्रलाइ संस्थागत गर्नु धर्म निरपेक्षता र समाबेशितालाई स्वीकार गरिनु यसका ऐतिहासिक उपलब्धिहरु हुन् ।

नेपाली जनताले आफ्नै बलबुतामा संबिधान जारि गरेपछि छिमेकी देश भारतले नेपालको सिमावर्ती जिल्लाहरुमा उठेका केहि असन्तुष्टिहरुबाट नाकाबन्दी गरि फाइदा उठाउदै नेपालको आन्तरिक मामिलामा सिधा हस्तक्षेप गरि जनतामा भ्रम उत्पन्न गरि मधेसवादी आन्दोलनलाई अराजकताको दिशा तिर उन्मुख गराएको छ ।

उक्त बिरोध सभाको कार्यक्रममा सहभागी हुन विभिन्न संघ संस्था, मानव अधिकारवादी, न्यायप्रेमी देशभक्त युवा समुदाय, पत्रकार, विधार्थी, बुद्दिजिवि तथा भारतमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरुलाई सक्रिय सहभागिताको लागि हार्दिक अपिल गरिएको छ । ***

तपाईको प्रतिक्रिया