Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – कात्तिक ४ गते शनिबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को तेस्रो गीत ‘मेरो शिव’ सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले यो गीत ल्याएको हो । सार्वजनिक ‘मेरो शिव’ गीतमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारहरु फिचर्ड छन।

किरण भुषालको संगीत र कृष्ण उदासीको शब्द र शान्तिम कोइराला र -यापर युनिक प्वइन्टको स्वर सुन्न सकिन्छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा पस्केको छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा शिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’ को चरित्र ‘भष्मे डन’ मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया