Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

लण्डन– तमु धिँ बेलायतको प्रायोजनमा हरेक बर्ष हुने १३ औँ गोर्खा कप प्रतियोगिता अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी ग्यारिसनको खेल मैदानमा आइतबार सम्पन्न भएको छ ।

यस बर्षको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्न सफल भएको छ । स्वदेशको भयवहस्थिसतलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत भएको थियो । विभिन्न संघ संस्थाहरु र नेपाली युवा समुहले आ-आफ्नै तरिकाबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग अनुनय गरिरहेका थिए । बेलायतमा सबै भन्दा पुरानो र चर्चित मानिने गोर्खा कप यो बर्ष मनोरन्जन भन्दा पनि स्वदेशमा परेको विपत्तिलाई बेलायतबासीहरुले एकजुट भएर आर्थिक संकलनमा दिनभर नै लागेका थिए ।

G8आर्मी ग्यारिसनको परिसरमा आइतबार सुरु भएको लिग खेलबाट छनौट हुँदै फाइनल खेलमा क्वीन्स गोर्खा सिग्नल्स र रिडिङ यूनिटीबीच प्रतिष्पर्धा भएको थियो । पुरा खेल समयभित्र प्रतियोगिताको निर्णय हुन नसकेपछि पेनाल्टीबाट फाइनल खेलको निर्णय भएको हो ।g2

रिडिङ यूनिटी लाई ५–४ ले पराजित गदै क्वीन्स गोर्खा सिग्नल्सले १३ औँ गोर्खाकपको उपाधि चुमेको हो । उक्त खेलमा क्वीन्स गोर्खा सिग्नल्सका मोहन राई उत्कृष्ट खेलाडी र ५ गोल गदै वेष्ट स्कोरर सहारा फुटबल क्लवका ओनर घोषित भएका थिए ।

विजेता तथा उपविजेता टीमलाइ प्रमुख अतिति रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथि लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिँ यूके अध्यक्ष रामचन्द्र गुरुङ लगायतले गोर्खा कप फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया