Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

Bunu Upretiयुएइ – भनिन्छ, नेपाली संगीतमा जहाँ लगाब हुन्छ तब नै साँगीतिक परिचय बनाउन सकिन्छ । यस्तै आफ़्नो सांगीतिक अस्तित्व खोज्दै सांगीतिक रियाजमा समय बिताउने बुनु उप्रेती चाँडै आफ़्नो पहिलो सांगीतिक कोसेली बैमानी बजारमा लिएर आउँदैछिन । सानैदेखि गीत संगितप्रति अत्यन्त झुकाव राख्दै अघि बढेकी उप्रेतीको गायिकासंगै आफ़्नै एकल रचनामा रहेको पहिलो गीतिसंग्रहमा वरिष्ठ संगीतकार टिका भण्डारी र चर्चित युवा संगीतकार सुभास भुसालले साथ दिएका छन ।

केहि वर्षदेखि दुबाईमा रहेर सांगीतिक साधनामा अधिक समय बिताउने उप्रेती युएइमा हुने अधिकांश कार्यक्रममा गएर अरुको गायकी नियाल्छिन, त्यसलाई आफ़्नो घरमा आएर दुरुस्तै उतार्छिन् । सांगीतिक तिर्सना उप्रेतीको जीबनमा नशा बनेर आएपछि नसालाई उनले कम गर्न गत बर्ष आफ़्नो शब्दमा गायिका अञ्जु पन्तलाई एउटा गीत गाउन लगाइन् ‘नखाऊ कसम…………………………’ अञ्जु पन्तको स्वरमा रेकर्ड गराइन् । नेपालीहरुले नखाउ कसम ………. गीतलाई मन पराइदिएकोमा उप्रेतीको सुसुप्त रहेको सांगीतिक तिर्सना अझ बढेर आयो अन्ततः उप्रेतीले आफ़्नो शब्द र स्वरमा एक गीति एल्बम तयार गरेरै छाडिन् ।
एल्बममा ६ वटा गीत रहेका छन् । ५ वटा गीत उनी आफैले गाएकिछिन् भने एउटा गीत चर्चित गायिका अञ्जु पन्तले गाएकीछिन् ।
उप्रेती आफै पनि स्वरकी धनी छिन् जति उनले लेखनीमा जादु छ । आधुनिक संगीतकी पारखी उप्रेतीलाई अञ्जु पन्तले गाएको गीत धेरै मन पर्छ ।  उबेला गाउमा भजनको राम्रै टीम थियो दमकमा त्यसमा पनि विष्णुलाल र चलुमाया उप्रेतीको भजनले गाउँनै सांगीतिक बन्ने गर्थ्यो । उनै हजुरबुवा आमाको भजन सुन्दा सुन्दै नातिनी बुनु उप्रेतिमा सांगीतिक रहर जागेर आएको थियो । सानु छँदा बुवा आमालाई झुक्याएर सिरकले मुख छोपेर रेडियोमा बन्ने गीत गुनगुनाउने उप्रेती अन्ततः आफ़्नो बाल्यकालको सपना बेइमानी गीति एल्बम मार्फ पुरा गर्दैछिन् ।

गीत संगीत लगायत पेन्टिङ र पत्रकारितामा रुची राख्ने बुनुको बजारमा आउन लागेको एल्बममा चञ्चल चञ्चल छ यो मन………… , यो दिलै बेइमानी हजुर मनै बैमानी ……………, कस्तो माया रहेछ तिम्रो कस्तो प्रेम …. तिम्रो बोलका………….. गीतहरु बरिष्ठ संगीतकार टिका भण्डारीद्वारा संगीतबद्ध भएका छन् भने झिलिमिली झिलिमिली दुबई सहर,……………. नखाउ कसम, मलाई …………., बोलका गीतहरु युवा संगीतकार सुबास भुसालद्वारा संगीतबद्ध छन् ।
आगामी विजयादशमी सम्ममा बजारमा ल्याउने तयारी गरिएको सांगीतिक एल्बम ‘बैमानी’ सुगम संगीतको एक सुन्नेपर्ने संगीत बनेको यसमा प्रयास गर्नेहरु बताउँछन् । एल्बममा रहेको झिलिमिली झिलिमिली दुबाई सहर ……….. बोलको गीत छायाङ्कन गर्न लागिएको उप्रेतीले बताएकी छिन् । ***

तपाईको प्रतिक्रिया