Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – विश्व नेपाली साहित्य महासंघको हालै सम्पन्न बैठकले नेपाली नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय पारित गर्दै विश्वका विभिन्न मुलुकमा निर्माण भएका महासंघका शाखाहरुलाई विभिन्न कार्यक्रम गरि नयाँ बर्ष लाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाडौं शाखाद्धारा काठमाडौमा कार्यक्रम गर्ने भएको छ ।

अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा हरी शिवाकोटि (क्यानडा), पुरानोघरे (अमेरिका), भगवती वस्नेत (इजरायल), दीप दर्शन (मलेशिया), सागर श्रेष्ठ (साउदी अरेविया), पुरु जोशी (दक्षिण कोरिया), चर्चित ढुङ्गेल (युएइ) लगायतले सिर्जना बाचन गरेका थिए । साथै इजरायल शाखाका अध्यक्ष कविता शर्मा, क्यानडा शाखाका अध्यक्ष लगायतको उपस्थितिलाई बैठकले स्वागत गरेको थियो । बैठकलाई महासचिव विश्वासदीप तिगेलाले संचालन गरेका थिए । ***

 

तपाईको प्रतिक्रिया