Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

SAMSUNGनेदरल्याण्डस –  नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको आयोजनामा नेपाली कांग्रेसका त्यागी तथा समाजबादी नेता स्व. भीमबहादुर तामाङको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न भएको छ। समितिका बरिष्ठ उपाध्यक्ष दिपक रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेदरल्याण्डमा रहेका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो। सो कार्यक्रममा सभापतिको आसनबाट बोल्दै बरिष्ठ उपाध्यक्ष दिपक रेग्मीले स्वर्गिय तामाङको प्रजातन्त्रप्रतिको बलिदान अतुलनिय भएको बताउँदै उहाँको निष्ठा तथा इमान्दारितलाई काँग्रेसले पछ्याउन सके मात्र उहाँप्रतिको सच्चा श्रद्धान्जली हुने बताए। नेपाल राजनैतिक गोलचक्करमा फसेको अवस्थामा उहाँको अवसानले राष्ट्रिय राजनितीमा अपुरणिय क्षति भएको समेत उनले थपे।

उक्त अवसरमा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले आगामी २०१३ फेब्रुवरी ४ तारिखका दिन अधिबेशन गर्ने जानाकारी पनि गराईयो । ***

तपाईको प्रतिक्रिया