Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – चर्चित  गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण हिमालय टेलिभिजनबाट असोज ५ गतेदेखि सुरु हुने भएको छ । निर्माण युनिटले बुधबार राजधानीमा एक पत्रकार भेटघाट गर्दै कार्यक्रमको नयाँ सिजन र बिभिन्न पक्षबारे जानकारी दिएको हो ।

यो सिजन ५ मा कोच परिवर्तन गरिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कोच परिवर्तन गरिएको जानकारी दिइएको हो। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।

अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन्। कार्यक्रममा शोको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा छन्।

तपाईको प्रतिक्रिया