Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

उत्तम अधिकारी – सांस्कृतिक पहिचान र महत्व बोकेको पर्व तिहारको अवसरमा प्रवासी नेपाली मंच यूएईले दुबईमा देउसीभैलो खेल्ने भएको छ ।

मंचले यहि आउँदो शुक्रवार यूएईको दुबई, आबुधाबी र शारजाहमा सांस्कृतिक देउसीभैलो प्रस्तुत गर्न लागेको हो । संस्कृतिको जगेर्ना गर्दै एकता र भाइचाराको सन्देश प्रवाह गर्नका निमित्त मंचले देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । खुशियालीको पर्वको रुपमा मनाइने दीपावलीको अवसरमा यूएईको नेपाली राजदूतावास, समाजसेवी, बुध्दीजीवी, नेपाली ब्यबसायी तथा मंचलाई माया गर्ने इच्छुक प्रवासी नेपालीहरुको निवासमै पुगेर देउसीभैलो खेल्ने तयारी गरिएको मंचका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गिरमान थापा मगरले बताएका छन् ।

नेपालीहरु विश्वका जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कृति, चाडपर्व र मुल्य मान्यतालाई भुल्न नसक्ने तथा आफ्नो संस्कृतिको जगेर्ना र रक्षाका लागि आफैं प्रयत्नशील हुनुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको बताउछन मंचका अध्यक्ष प्रकाश कोइराला । मंचले दशैं, तिहार, तीज, नयाँ बर्ष लगायतका पर्वहरुमा निरन्तर रुपमा बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

देउसीभैलो प्रस्तुतिका लागि सम्बध्द सबैलाई सांस्कृतिक टोली आउने जानकारी गराउदै पत्राचार गरिसकिएको मंचको प्रचार विभागले जनाएको छ । प्रचार बिभाग प्रमुख मनोज अर्यालले बताएअनुसार शुक्रवारका दिन बिहानैबाट शुरु हुने कार्यक्रम राती अबेरसम्म चल्ने र सोहि दिन समापन हुनेछ । मंचका पदाधिकारी तथा सदस्य र सांस्कृतिक विभागका सदस्यहरु उक्त देउसीभैलो टोलीमा सहभागी हुने जनाइएको छ । ***

तपाईको प्रतिक्रिया