Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

दुबई (युएई)– गत महिना नेपालमा गएको महाभूकम्पमा परेका पीडितलाई दुबईस्थित नेपालीको सगरमाथा रेष्टुरेण्टले आर्थिक तथा राहतका सामानहरु सहयोग गरेको छ ।

नेपालीको सगरमाथा रेष्टुरेण्टका सञ्चालक ईश्वरप्रसाद उपाध्याय, महेन्द्र पौडेल र हरिश चन्द्रले संयुक्त रुपमा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे र धादिङ जिल्लाका १० जना स्टाफलाई नगद १ लाख २० हजार रुपैयाँ र सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष विदुर न्यौपानेलाई लगभग २ लाख बराबरको राहतका सामानहरु हस्तान्तरण गर्नुभएको छ ।

विदेशको भूमिमा पनि नेपाली झण्डालाई चिनाउँदै नेपाली तथा विदेशीहरुलाई नेपाली विभिन्न परिकारका खानाहरुको स्वाद पस्कँदै नेपालीहरुको पहिचानलाई उजागर गरेको पाइन्छ । युएईस्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्र्दै आएको छ भने नेपाली १० जना कामदारलाई समेत रोजगार दिएका छन् ।

तपाईको प्रतिक्रिया