Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

सोल– थकाली सेवा समाज दक्षिण कोरियाले नेपालमा हालै गएको बिनाशकारी भूकम्प प्रभावित भएका करिव १ सय घर परिवारलाई राहत वितरण गरेको छ ।

भूकम्पबाट प्रभावित राजधानी बाहिरका हरेक जिल्लाहरुमा मनग्य राहत सामाग्रीहरु पुगि सकेको भएता पनि सरकार तथा कुनै पनि सामाजिक संघ संस्थाहरुको प्रत्यक्ष राहत नपुगेका राजधानी कै अति विपन्न बस्तीहरुमा थसेस कोरियाले राहत वितरण गरेको हो । इचंगुका ७० घर परिवार तथा सिन्धुपलान्चोक जिल्लाबाट पहिरो र भुकम्पबाट सर्वस्व गुमाउँदै राजधानी आई भक्तपुरको सल्लाघारीमा पाल टाँगेर बसेका २० घर परिवारलाई २५ क्विन्टल चामल, दाल, नुन, तेल, कापी कलम लगायतका राहत समागी र नगद हस्तान्तरण गरिएको हो ।

राहत कोरियामा रोजगार गरि नेपाल फर्किएका तथा कोरिया रहँदा थसेस कोरियाका कार्य समितिमा रहेर सेवा गरि सकेका थकाली युवाहरु र स्थानिय जन प्रतिनिधिहरुको रोहबरमा वितरण गरिएको थियो ।

काठमाडौको इचंगुमा रहेको ३ सय तामाङ बस्तिहरुमा ७५ प्रतिशत कच्ची घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । भूकम्प गएको महिनौं बिति सक्दा हालसम्म कुनै पनि संघ संस्थाहरुको उपस्थिति नरहेको उक्त प्रभावित बस्तीहरुमा सरकारी राहत समेत उपलब्ध छैन । सिन्धुपालन्चोक जिल्लाबाट भूकम्पका कारण पूर्णरुपमा बिस्थापित भई भक्तपुरको सल्लाघारीमा आई पाल टाँगेर बसेका २५ घर परिवारलाई समेत बुधबार राहत समागी र नगद हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया