Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा सोमबार साँझ टोकियोमा एक साहित्यिक सन्ध्या कार्यक्रम सम्पन्न भयो ।

साहित्यिक सन्ध्यामा निजी भ्रमणका सिलसिलामा हाल जापानमा रहनुभएका नेपालका वरिष्ठ पत्रकार एवं साहित्यकार बिजय चालिसे र नेपाली साहित्य बिकास परिषद बेलायतका सहअध्यक्ष कोमल मल्लको बिशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न श्रष्टाहरुले आ-आफ्ना सिर्जनाहरु वाचन गर्नुभएको थियो । रचना वाचन गर्नेहरुमा बिजय चालिसे, कोमल मल्ल, चैतन्यराज अधिकारी, बेलु थापा, प्रकाश माइला, पुष्करजंग थापा, दिनेशराज ज्ञवाली, सुन्दर पौडेल, आलोक चालिसे, कुमार सिंखडा, तिलक मल्ल, कृष्ण के. श्रेष्ठ काल्स, सुष्मा ओमातालगायतका हुनुहुन्थ्यो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष दिनेशराज ज्ञवालीले अतिथिद्वय चालिसे र मल्ललाई खादा ओढाई सम्मान गर्नुका साथै मायाको चिनो उपहार प्रदान गर्नुभयो भने अतिथिद्वयबाट पनि अनेसास जापानलाई उपहारस्वरुप उहांहरुको  कृति हस्तान्तरण गर्नुभएको थियो ।

गजल सम्राट जगजित सिंहको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएको साहित्यिक सन्ध्या कार्यक्रमको समापनपछि रात्रीभोज रहेको थियो ।

हेर्नुहोस् फोटोफिचर

तपाईको प्रतिक्रिया