Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

टोकियो – जापानको टोकियोमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ । गज्जब इन्टरटेन्मन्टले आउँदो जनवरी ६ तारिख शनिबारका दिन नेपाली र्‍यापर आका दोङको उपस्थितिमा  सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

चर्चित र्‍याप गायक दोङ अर्थात्‌ महेश दोङलाई जापान बोलाएर र्‍यापलाई मन पराउने जापानवासी नेपाली युवामाझ प्रस्तुत गर्न लागिए गज्जब इन्टरटेन्मन्टका सचिन श्रेष्ठले जानकारी दिए । ‘नयाँ वर्ष २०२४ मा र्‍याप संगीतप्रेमी नेपाली युवालाई लक्षित गरि दोङ लाइभ इन टोकियो गर्न लागेका हौँ,’ उनले भने, ‘र्‍याप संगीतको वास्तविक तृष्णा मेटाउन चाहनेहरूको उच्च मागका कारण कार्यक्रम भव्य सफल हुनेमा विश्वस्त छौं ।’

‘दश टाउके रावण’ दोङको चर्चित गीत हो । नयाँ वर्ष २०२४ को जनवरी ६ तारिख शनिबारका दिन बेलुका ५ बजेदेखि हुने उक्त कार्यक्रम जापानको टोकियो स्थित व्यस्त र सहज पहुँच भएको क्षेत्र सिन्जुकुको 1-21-1 Kabukicho Second Toa Kaikan Building Bl, Shinjuku-ku, Tokyo, Japan  मा हुनेछ ।

तपाईको प्रतिक्रिया