Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

टोकियो – जापानको टोकियोमा तीन स्रष्टाका तीन पुस्तक विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनमा आइतबार एकैदिन तीन स्रष्टाका तीन पुस्तक विमोचन गरिएको हो ।

२०९औँ भानुजयन्ती तथा संस्थाको ६३औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर टोकियोको सोलमारीमा पुस्तकहरू विमोचन गरिएका थिए । लामो समयदेखि जापानमा कर्म गरिरहेका स्रष्टाका पुस्तकहरू शरद पोख्रेलको कविता सङ्ग्रह ‘मरुभूमिमा डुङ्गा’ प्रदीप थापाको पुस्तक ‘अक्षरारम्भ’ र हरिश कल्पितको कथासङ्ग्रह ‘ग्याब्रिएले’ पुस्तक विमोचन गरिएका हुन् ।कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीले प्रदेशमा बसे पनि नेपाली भाषा र साहित्यको विकासमा अनेसास र स्रष्टाले गरेको कामप्रति धन्यवाद दिए । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, अनेसास जापानका पूर्व अध्यक्ष दीप पाठक, निवर्तमान अध्यक्ष गिरिजा गैह्रे, संस्थाका सल्लाहकारहरू हारुहितो नोजु, शरद गौचन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अनेसास केन्द्रले गर्ने वाल तारा कार्यक्रमका विजेता जेनिसा थापालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिवद्वय अनिल कुमार निर्दोष र राजेन्द्र पौडेलले गरेका हुन् ।

तपाईको प्रतिक्रिया