Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

युएई – नेपालमा क्रिकेट खेलका लागि सहयोग पुर्‍याउन सत्यराज र स्वरुपराज आचार्यको आउँदो मे ३० तारिख दुबइमा कन्सर्ट हुने भएको छ ।

काठमाडौंको मुलपानीमा एनआरएनको लगानीमा बन्न लागेको इनडोर क्रिकेट मैदान निर्माणका लागि केहि रकम सहयोग जुटाउने हेतुले तथा नेपाली जनसमुदाय माझ क्रिकेट खेल बारे प्रचार प्रसार गर्ने हेतुले यस्तो कन्सर्ट गर्न लागेको सत्य एंड स्वरुप लाइभ कन्सर्टका संयोजक सन्तोष प्रसाईले बताउनु भयो ।

गत शुक्रबार युएइको बरदुबाई स्थित मुसल्ला टावरमा पत्रकार सम्मलेनको आयोजना गरी कन्सर्टको बारेमा जानकारी दिईएको हो । कार्यक्रममा बोल्दै संयोजक प्रसाईले यस कन्सर्टटबाट जम्मा भएको रकम मुलपानीमा बन्न लागेको इन्डोर क्रिकेट मैदान निर्माणमा लगाईने बताउदै सम्पूर्ण युइएबासी नेपाली जनसमुदायलाई कार्यक्रममा उपस्थित भएर सहयोग गर्न अपिल गर्नुभयो । त्यस्तै एनआरएन युएइका अध्यक्ष कृष्ण भुसालले कार्यक्रममा बोल्दै मुलपानी इन्डोर क्रिकेट मैदान निर्माण गर्ने कार्य युएमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा सपना भएकोले यहाँ रहेका सम्पूर्ण संघसँस्था तथा समुदायलाई कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन सहयोगका अपिल गर्नुभयो ।

नमस्ते ट्राभल्स एण्ड टुरिज्म दुबईको प्रयोजनमा सम्पन्न गरिने उक्त कन्सर्टमा नेपालका प्रख्यात गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यका साथमा दुबईमा ख्याती कमाएका नेपाली गायिका रेखा घिमिरे र गायक सुमन उदयले सांगीतिक कला प्रदर्शन गर्ने जानकारी संयोजक प्रसाईंले दिनुभयो ।***
Final_Poster_0011 20140502_154630

तपाईको प्रतिक्रिया