Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

स्व. नेहा पुनप्रति श्रद्धाञ्जलि ब्यक्त

सउल – दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी समाज समितिको बाषिर्क भेटघाट कार्यक्रम हालै सम्पन्न भएको छ ।

कोरियामा रहेका म्याग्देलीहरु बिच एकता सहकार्य र भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउन हरेक वर्ष भेटघाट कार्यक्रमको आयोजना गरिदैं आएको बताईएको छ ।

भेटघाट कार्यक्रममा केही समय अगाडि सम्पन्न भएको म्याग्देली म्युजिकल नाइटको आयब्यय सार्बजनिक गरिएको थियो भने हालै पोखरामा रहस्यमय ढंगले हत्या भएकी म्याग्देली चेली नेहा पुन (योरुना) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।
koreaकार्यवाहक अध्यक्ष लोकबहादुर बानियाँ (आलोक) को अध्यक्षतामा सम्पन्न भएको सो भेटघाट कार्यक्रममा सहसचिव कृष्ण खड्काको सञ्चालन र उपाध्यक्ष अनन्त गिरीको स्वागत मन्तव्य रहेको थियो । ***

तपाईको प्रतिक्रिया