Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

लिस्बन – गैर आवासीय नेपाली संघ पोर्चुगलको छैठौं बार्षिक साधारणसभा यहि जुलाइ ८ तारिख आइतबारका दिन मार्केस पोम्बाल स्थित होटल फेनिक्सको सभाकक्षमा दिउसो ३ बजे देखि सम्पन्न हुने भएको छ। साधारण-सभालाई ब्यबस्थितरुपमा सम्पन्न गर्न संघका अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा रहेको ब्यबस्थापन समितिले प्रतिबेदन तयारी, हल ब्यबस्थापन लागायतका तयारी सम्बन्धि सम्पूर्ण कार्यहरु तदारुकताका साथ अगाडि बढाइरहेको जानकारी प्राप्त भएको छ।

साधारण सभामा सहभागी हुनको निम्ति सम्पूर्ण पोर्चुगलबासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई आग्रह गर्दै नया सदस्यता लिन ईच्छुक महानुभावहरुले एनआरएन पोर्चुगलको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

पूर्ब घोषित सूचनाअनुसार साधारण सभा पस्चात हुने भनिएको बिबिध सांस्कृतिक कार्यक्रम प्राबिधिक कारणले स्थगित गरिएको छ। ***

तपाईको प्रतिक्रिया