Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

टोकियो – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले अमेरिकामा उपचाररता प्रधानमन्त्री सुशील कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

अध्यक्ष शेष घलेले एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री कोइरालाको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको हो ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – सम्माननीय प्रधानमन्त्री श्री सुशील कोईरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको विकिरण पद्धतिबाट उपचार भैरहेको हुँदा गैरआवासीय नेपाली संघ उहाँको शिघ्र स्वाथ्य लाभको कामना गर्दछ । श्री कोईराला नेपालको राजनीति क्षेत्रमा एक समर्पित, त्यागी एवं राष्ट्रप्रेमी नेताको रुपमा सुपरिचित हुनुहुन्छ । अहिले उहाँको काँधमा नेपालको नयाँ संविधान जारी गर्ने तथा मुलुककलाई समृद्धीतर्फ उन्मुख गर्ने ठूलो जिम्मेवारी रहेको र यस कार्यमा उहाँले सबै राजनीतिक दलहरुसंग संवाद, समन्वय र सहकार्य गरेर अगाडी बढनेमा हामी विश्वस्त रहेका छौं ।
संसार भरी छरिएर रहेका गैरआवासीय नेपालीहरुको शुभेच्छुक र अभिवाकको रुपमा हामीले उहाँलाई पाएका छौं । गैरआवासीय नेपालीहरुका सरोकारका विविध विषयहरुमा उहाँ सधै संवेदनशिल रही यसका लागि व्यक्तिगत रुपमा क्रियाशिल रहनुका साथै नेपाल सरकारलाई सहयोगी भूमिका निभाउन अभिप्रेरित गर्दै आउनुभएको हाम्रो धारणा रहेको छ । संसार भरिका गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली संघ सम्मानीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वाथ्यलाभको कामना गर्दछ – बिज्ञप्तीमा उल्लेख छ ।  ***

तपाईको प्रतिक्रिया