Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

टोकियो – इराकमा भड्केको हिंसा तथा त्यसवाट भएका मानवीय क्षतिप्रति गैरआवासीय नेपाली संघले गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै सो हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्वार गर्न नेपाल सरकार तथा अन्तरराष्ट्रिय समुदायहरुसंग अपिल गरेको छ ।

संघले यस हिंसावाट पीडित नेपालीहरुलाई धैर्यधारण गरी उच्च मनोवलका साथ यस विषम परिस्थितिको सामना गर्ने आत्मवल मिलोस् भन्ने कामना पनि गरेको छ ।

एनआरएन अध्यक्ष शेष घलेद्वारा प्रकाशित बिज्ञप्तीमा इराकमा विकसित घटनाक्रम र त्यहा“ कार्यरत नेपालीहरुमा परेका प्रभावलाई कसरी न्यूनिकरण गरी उहा“हरुलाई सकुशल सुरक्षित राख्न सकिन्छ भन्नेबारे अनुगमन गरी आवश्यक रणनीति वनाउन नेपाल सरकारलाई हार्दिक अनुरोध गरिएको छ । उद्वार कार्यमा गैरआवासीय नेपाली संघ नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग हातेमालो र सहकार्य गर्न तयार रहेको समेत बिज्ञप्तीमा जनाईएको छ । ***

 

तपाईको प्रतिक्रिया