Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

नाइजेरिया– गैरआवासीय नेपाली संघ नाइजेरियाले आयोजना गरेको नयाँ वर्ष २०७३ का अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा गायीका कोमल होलीले हंगामा मच्चाएकी छिन् ।

झण्डै ६ घण्टा सञ्चालन भएको सांस्कृतिक कार्यक्रममा कोमलले आफ्ना चलेका गीतहरु गाएकी थिइन् । उनले गाउँदा स्थानीय नेपालीहरु नाच्न बाध्य भए । ओलीका अतिरिक्त नाइजेरियाका स्थानीय कलाकारहरुले पनि गीतसंगीत प्रस्तुत गरे । स्थानीय नेपालीहरु अन्जु पौड्याल ,संजीव छेत्री ,दीपक कर्ण ,चिरिञ्जीवी रोका , बिवेक पुडासैनी र बालकलाकार सुहीम थापाले समेत आफ्नो प्रतिभा प्रस्तुत गरे ।
कार्यक्रमको आरम्भ गर्दै एनआरएनएका कोषाध्यक्ष हिक्मत थापाले स्थापित नेपाली कलाकारको उपस्थितिमा अफ्रिकामा भएको सो कार्यक्रम आफैमा ऐतिहासिक भएको बताए । उनले अफ्रिका महादेशमा पनि नेपाली गीत संगीत गुञ्जन सुरु भएको उल्लेख गरे । कार्यक्रमका अतिथी नेपाल साप्ताहिकका प्रधानसम्पादक प्रशान्त अर्यालले नेपाली डायस्पोराको सानो परिवारले गरेको नेपाल र नेपाली संगीत प्रतिको मायाले नेपाल र नेपाली कलालाई साच्चिकै बिश्वब्यापी गरेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया