Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं– हिन्दु नेपाली नारीहरु महान पर्व हरितालिका तीजको अवसरमा प्रसाद खप्तरी मगरले तीजको गीत फूलबुट्टे साडी बजारमा ल्याउनुभएको छ । ग्यालेक्सी म्युजिक प्रालि मार्फत खप्तरीले गित बजारमा ल्याउनुभएको हो ।

Capture

प्रसादकै शब्द र लय रहेको यस गीतमा स्वरमा साथ भने चर्चित लोक तथा दोहोरी गाइका देबी घर्ती मगर र सञ्जु थापा मगरले दिनुभएको छ । राहुल थापा मगरको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा पोखरेली कलाकारहरु राहुल, राखी अनि राजु र देबीले अभिनय गरेका छन् ।

तिम्रै लागि बसेछु बर्त दिल खोलेर ननाँचे के अर्थ
फूलबुट्टे साडी लरक्कै लर्कियो ‘‘‘..
घाम चर्के पनि पानी दर्के नी, छमछम नाच्दा धर्ती थर्के नी,
बारुली कम्मर मरक्क मर्किर्यो‘‘‘.

पछिल्लो समय तीजको मौलिकता हराउँदै बिकृती मौलाउँदै गाइरहेको छ तर खप्तरी भने आधुनिकतालाई पनि कलात्मक रुपमा समेटेर यो गीतमा तीजको भाव समेट्न सफल भएका छन् ।


तपाईको प्रतिक्रिया