Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो – नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रले केन्द्रीय समितिलाई जापान सरकारको नियम कानुन अन्तर्गत रही वैधानिक रुपमा दर्ता प्रक्रियामा अगाडि बढ्न आग्रह गरेको छ ।

कान्तो क्षेत्रका सभापति यमलाल कँडेलको सभापतित्वमा हालै बसेको बैठकले केन्द्रीय समितिलाई वैधानिक रुपमा दर्ता गरी जनसम्पर्क समितिले गर्ने हरेक क्रियाकलापलाई जापान भरि नै पुर्‍याउन केन्द्रीय समितिसँग माग गरेको छ ।

त्यसैगरी बैठकले जनसम्पर्क समिति कान्तोलाई अझ बढी सक्रिय र क्रियाशील बनाउन केन्द्रले गर्ने कार्यक्रमहरुलाई विकेन्द्रीकरण गर्नुपर्ने निर्णय समेत गरेको छ ।

सोही बैठकले विजयादशमी २०६८ को पावन अवसरमा सम्पूर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्नुका साथै नेपालमा भइरहेको एनआरएन ग्लोबल सम्मेलनको समेत पूर्ण सफलताको कामना गरेको बैठकपछि सम्पर्क समितिका सचिव कृष्ण भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया