Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

सन् २०१३ ले हाम्रा सफलता, असफलतालाई पार गर्दै सन् २०१४ ले नयां बर्षकोरुपमा हामीलाई स्वागत गर्दैछ । अहिले हामी, हाम्रो नजिक र चिनजानमा रहेका व्यक्तिहरु मात्र नभएर संसारभर, सामाजिक सञ्जालहरुमार्फत, इमेल र फोन अनि कार्डबाट सुख, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना आदानप्रदानको ओइरो सुरु भएको छ । सबै मानिसहरु खुशीले उमङ्ग छन् । हर्षित देखिन्छन्, परिवार, साथीभाई, इष्टमित्रसंग र रमाइला कार्यक्रमहरु तय गर्दैछन् । सबमा सकारात्मक सोच छ, सुस्वास्थ्य, दीर्घायु, शान्ति र प्रगतिका लागि शुभकामना आदानप्रदान भईरहेका छन । कुनै कार्यक्रममा सरिक हुनु, विशेषरुपले मनाउनु या नमनाउनुसंग सरोकार छैन त्यसै पनि नयां बर्षको माहोलले युवा, केटाकेटी देखि बयोबृद्ध सबैमा उमङ्ग छाएको छ ।

कति मिठा र भावपूर्ण छन् हाम्रा आफन्त, साथीभाइ र परिवारजनले व्यक्त गर्ने सुख, सुस्वास्थ्य र समृद्धिका कामनाका भावहरु, साँच्चिनै यी भावहरुले हामीमाथि काम गरेका छन् हामी सुखी छौं, हामीमा सम्पन्नता छ अनि स्वस्थ पनि छौं किन कि हाम्रो आ नो परिवार छ, साथीभाइ, इस्टमित्र, शुभचिन्तकहरु छन् कर्मयोग ठिक तरिकाले गर्दै जीविकोपार्जन गरेका छौं आ नो कर्म अनुसारको फल प्राप्त भएको छ, यो नै सुख हो हामी स्वस्थ्य छौं किनकि हाम्रो मन मस्तिष्कले काम गरेको छ । हाम्रो स्वासप्रस्वास चलिरहेको छ, हात खुट्टा, आंखा लगायतका शरिरका अंगहरुले ठिक काम गरिरहेका छन् हामी समृद्ध पनि छौं किनकी अस्तित्वले अनगिन्ति उपहारहरु बिना माग नै हामीलाई प्रदान गरिरहेको छ, जुनकुरा हाम्रो हातबाट असंभव छ । कुनै पूण्य कर्मको फलले मानिसको जीवन मिलेको छ । आफ़्नो विवेक प्रयोग गरी सहज र सरल बनेर खुसियाली जीवन जिउने र जिउन दिने शक्ति मानिसले नै प्राप्त गरेको छ । यदि यी अवसरहरुबाट मानिस वञ्चित छ भने उसको स्वभाव, उसको नकारात्मक भावना अनि उसले लिएको गलत बाटोको कारण हुनसक्दछ ।

जसरी लय (ताल, सुर, गीत) मिलेन भने संगीतमा मिठास आउंदैन र संगीत बन्दैन त्यसैगरी स्वस्थ्य शरीर (Health), सकारात्मक सोच (Positive Thinking) प्रभावकारिता (Effectiveness) र शान्ति (Peace) मानिसको जीवनका प्रमुख आयामहरुका बीच सन्तुलन नहुनासाथ(जीवनमा लय नमिल्ना साथ) मानिसले गरेका कर्मले मानिसलाई सुख, शान्ति र प्रगतिमा लग्दैनन् । जीवन एउटा अवसर हो सकारात्मक भएर प्रेमपूर्णरुपमा जिउने यो कुनै गणित होइन न त सिद्धान्त र दर्शननै जहां हिसाबकिताब गरेर चल्ने जुन मानिसले पूर्णरुपमा खुलेर जिउन सक्दछ उसले नै सबैकुरा खुलेर प्राप्त गर्दछ । जो आफ़्नाआयामका हरेक पलमा हिसाबकिताब गर्न थाल्दछ उसले सफलता पनि किस्ताबन्दिमै प्राप्त गर्दछ । चाहे त्यो भौतिक सफलता होस् या आध्यात्मिक सफलता चाहे धन, मान, इज्जत होस् या सम्बन्ध नयां बर्षमा ब्यक्त गरिने शुभकामनाका सकारात्मक विचारले हाम्रो जीवनलाई पूर्णताताका साथ जिउने प्रेरणा मिलोस् जुन कर्मले, जुन सफलताले हामी पूर्णरुपले खुलेर जिउन सकौं मानसिकरुपले मुक्त हुन सकौं र प्रेम बाँडेर आफ़्नो तर्फबाट सबैलाई खुशी दिन सक्छौं त्यस्तो बाटोमा लागौं । यदि आफ़्नो तर्फबाट प्रेम, खुशी दिन सक्दैनौं भने, कमसेकम अरुको खुशी प्रेम खोस्ने बाटोमा पटक्कै नलागौं । हाम्रो अगाडि खुसीयालीको महासागर छ जहां हामीले चाहे प्रवेश गर्न सक्छौं त्यो जीवन जिउन सिकौं, यहि नै जीवनको उद्देश्य हो । सद्गुरु ओशो भन्नुहुन्छ – जीवन प्रति, कसैप्रति सिकायत होइन, जसले पनि आफ़्नो ठाउंबाट सानो सहयोग पनि हामीलाई गरेको छ भने उसप्रति धन्यबादको भाव व्यक्त होस् कुनै ठूलो युद्ध जितेर, चुनाब जितेर, धन सञ्चय गरेर, पद प्राप्त गरेर खुशी बनेको उदाहरण कमै भेटिएला जसले आफ़्नो परिवारको, स्वयम आफ़्नो मन जित्न सक्छ, सानो कुरामा रमाउन सक्छ उसले नै खुसियालीमा जिउन सक्दछ । सुख र खुसीको लागि कहीं कुनै जीवनले हामीलाई पर्खेर बसेको छैन, यहीं र अहिले नै जीवन छ, यसलाई पूर्णताकासाथ जिएर हेर सबै भित्र रहेको सुख, शान्ति, स्वास्थ्य र समृध्दि सबैको अहोभाव रहोस मेरो पनि नयां बर्षको धेरै धेरै शुभकामना यहाँहरुप्रति ।

(लेखिका डा. नम्रता पाण्डे हाल इबाराकी युनिभर्सिटी ईबाराकी जापानमा अनुसन्धानरत हुनुहुन्छ)

 

 

 

 

तपाईको प्रतिक्रिया