Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
Ram B Raiसंबिधान सभाको चुनाव २०६४ मा सम्पन्न भयो, जनताले कांग्रेस र एमालेमाथि अबिश्वास गरेर एमाओबादिलाई संबिधान निर्माणको लागि धेरै मत प्रदान गरे। भनौ माओवादीमा आशा थियो नेपाली जनताको तर संबिधान निर्माण गर्न सकेन माओवादीले, सत्ताको लुछाचुडि भयो, भ्रष्टाचारको उचाइ बढेर गयो, शहरमा घडेरि नहुनेहरुको महल भयो शहरमा, साइकल किन्न नसक्नेहरु मोटरबाइक नभै कार अनि हेलिकप्टर  सम्म किन्न सक्ने बने। एक माओवादी फुटेर दुई माओवादी बने। ज्यान मार्नेहारु खुलेआम राजनीतिको नाममा सडकमा छाती फुलाएर हिड्न सक्ने भए। आफ्नै सेना जनसेनाको नाममा आएका पैसाहरु त्यही पार्टीका नेताहरुले पचाए। दक्षिण एसियाकै भ्रष्ट नेता र नेत्रीमा पर्न सफल भए प्रचण्ड र हिसिला। एकाध राम्रा कामहरु पनि भएकै हुन भ्रस्ट नेताहरु जेल गए, डनको नाममा करोडौ लुटनेहरु छानबिनमा परे, जेलमा पुगे। काठमाडौंमा सडक बिस्तार आधाकल्चो भए पनि भयो। जे होस नेपाली जनता माओवादीलाई ठूलो पार्टी बनाएकोमा पश्चातापमा परे, अनि छ बर्षसम्म छटपटिएर बिताए अर्को चुनावको प्रतिक्षामा। जब चुनाव भयो मङ्सिर चार २०७० मा नेपाली जनताले एमाओबादिलाई अबिश्वास गरी कांग्रेसलाई र एमालेलाई क्रमश पहिलो र दोस्रो ठूलो पार्टी बनाए।
कांग्रेस र एमालेलाई किन ठुला पार्टी बनाए त नेपाली जनताले सम्पूर्ण नेपाली राजनैतिक कार्यकर्ताले यो बुझ्नु जरुरी छ,  किन कि उनिहरु उत्कृष्ट  ठुला पार्टी भएका भए पहिलो चुनावमा पनि उनिहरुको अवस्था यस्तै हुनुपर्थ्यो तर किन यस्तो भएन त्यो बेलामा। कि  राष्ट्रका लागि उनिहरुले त्यस्ता उल्लेखनिय काम गरे त यो छ बर्षमा ? अह यो हुँदै हैन। किन कि यो छ बर्षमा नेपालको सुधारका लागि कुनै पनि पार्टीले नेपाली जनताको चीत्त बुझ्दो काम गरेनन। यो छ बर्ष कांग्रेस एमालेका नेताहरु प्रचन्डको ईशारामा प्रचन्डकै वारिपरी घुमिरहे, तसर्थ बिना परिणाम संबिधान सभा-१ को अवसान भयो अनि राजनैतीक नेताहरुले हात उठाए हामी असक्षम छौ चुनाव गराउन भनेर अनि प्रधानन्यायाधिश रेग्मीलाई सत्ताको बागडोर सुम्पे देशमा संबिधान सभा- २ को चुनाव गराउनलाई। रेग्मीले चुनाव पनि गराए। तर मलाई आँफैलाई लेखिरहदा लाज लाग्छ हिजो राजनीतिमा हामी असक्षम भइम सत्ता चलाउन सकेनौ भनेर रेग्मीलाई सत्ता सुम्पनेहरु नै आज चुनावमा हामी नै हौ नेपालको नेता भनेर उठे अनि जिते कतिले अनी हारे पनि  कतिले। माओवादी जसले पहिले जनतालाई बाचा गरे बमोजिम काम गर्न नसकेपछि माओवादीबाट आजित भएर बिकल्पको रुपमा नेपाली जनताले कांग्रेस र एमालेलाई चुनेका हुन देशमा संबिधान बनाउनलाई अनि देशलाई सही बाटोमा डोरयाउनलाई।यसको अर्थ के हो भने कांग्रेस र एमालेले राम्रो काम गर्न सकेन भने अर्को चुनावमा राप्रपा नेपाल पनि पहिलो शक्ति बन्न सक्छ किन कि यसलाई पनि जनताले बिकल्पको रुपमा हेरेर चौथो स्थानमा ल्याउदै गरेको देखिन्छ। तसर्थ यो चुनाबी परिणामले भन्छ कांग्रेस, एमाले होसियार तिमीहरुले जनताको आशालाई निराशा बनायौ भने तिमीहरुको हाल पनि अर्को चुनावमा एमाओबादीको झै हुनेछ। अनि एमाओबादी पनि होसियार तिमीहरुको गणतन्त्रलाई हत्या गरिदिनेछ राप्रपा नेपालले अर्को ५ बर्ष पछि सम्पूर्ण नेपालीको जनमत बटुलेर राजसंस्थालाई ब्यूंताएर तसर्थ आफ्नो जितलाई कायम राख्नलाई माओवादीलाई यो जनमतलाई स्विकारी अघि बढ्नुपर्ने देखिन्छ।
अचम्म छ यो चुनावको परिणाम पछिको राजनैतिककर्मीहरुको चलखेल पनि, बुझि नसक्नु छ यि नेताहरुलाई। भन्नलाई भन्छन जनताको ब्यालेटलाई हामी स्विकार गर्छौ, जनताले भने बमोजिम काम गर्छौ तर आज सुनिन्छन कांग्रेस र एमाले लबिङ गर्दैछन रे प्रचण्डलाई राष्ट्रपती बनाउन अनि एमाओबादीलाई एउटा महत्वपूर्ण मन्त्रालय दिन। के जनताले यति धेरै मत दिएकै छन त माओवादीलाई राष्ट्रपति अनि एउटा महत्वपूर्ण मन्त्रालय चलाउने गरी। यो प्रश्न यि कांग्रेसी अनि एमाले नेताहरुलाई मेरो तर्फबाट ? जनताको अभिमत स्विकार्छु भन्ने एमाओबादी नेताहरु आफु हार्नासाथ धांधली भएको देख्छन के यही हो त जनमतको कदर ? मेरो प्रश्न माओवादी नेताहरुलाई। कांग्रेसले राष्ट्रपति पाए एमालेलाई सरकार चलाउन दिन सक्ने हल्ला पनि सुनिन्छन बजारमा, यो सत्य हो भने कांग्रेस आफ्नो उत्तरदायित्वबाट भाग्न खोजेको हैन र ?जनताको यो चुनाबी अभिमत अनुसार काण्ग्रेसकै प्रधानमन्त्रि हुनुपर्छ अनि कांग्रेसले नै संबिधान निर्माणमा अग्रणी भूमिका निभाउनुपर्दछ। हैन भने अर्को चुनावमा कांग्रेस राजनैतिक धरातलबाट पलायन हुन पनि बेर लाग्दैन। कांग्रेस, एमालेभित्र को प्रधान मन्त्री हुने भन्ने कुरामा बिबाद सुरु हुन थालिसकेको पनि देखिन्छ । केही अखबारहरुकाअनुसार यो कदापी राम्रो हुँदै हैन किन कि यो समय पदको लागि हैन राष्ट्रको लागि हो। तसर्थ सम्पूर्ण नेतागणले ब्यक्तिबिशेष भन्दा माथि उठेर देशलाई मार्गनिर्देश गर्नु अत्यन्त जरुरी छ। तपाईं एकजना प्रधानमन्त्रि नबनेर संबिधान बन्यो भने देशले निकास पाउंछ तपाई एकजना प्रधानमन्त्रि भएर संबिधान बनेन भने देशले अरबौको क्षति ब्यहोर्नुपर्ने हुन्छ तसर्थ यदी पक्का देशकै लागि राजनीति गरेको हो भने नेताहरु इमान्दार अनि भाबुक भएर संबिधान निर्माण अनि देश निर्माण तिर लाग्नु नै उपयुक्त हुनेछ।
 यो चुनाबी परिणामले भन्छ जनताहरु युद्द हैन, जातियता हैन, खण्डता हैन, बिचलन हैन; देशमा शान्ति स्थायीत्व, रोजगार, संबिधान, एकता चाहन्छन। तसर्थ क्रान्तिको, जातियताको कुरा गर्नेहरु पराजयी भएका हुन यो चुनावमा। यो चुनाव सँग सँगै सबैले सिक्नुपर्ने पाठ के हो भने जातियताको, क्षेत्रियताको, लैंगिक नारा क्षणिक हुन ,जुन स्थायी हुँदैहुँदैन नत्र किन गच्छेदार हिजो चौथो शक्ति आज पलायनको दिसातिर लम्किन्छन हैन र ? यो चुनाबी परिणामले भन्छ सबै नेपाली, नेपाली भएर बाँच्न पाउनुपर्छ, बांच्नुपर्छ अनि यो देशलाई शान्तिको बाटोमा डोरयाउनुपर्छ, बिकासतिर लम्काउनुपर्छ। त्यही नै हो यो जनमतको प्रस्ताब ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया