Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

नागोया – बिगतका बर्षहरु झैँ यस बर्षपनि तोकाईबासी नेपालीहरुले नागोयामा विजया दशमी बिशेष कार्यक्रम २०६८ भव्यतापूर्वक सम्पन्न गरेका छन् ।
एनआरएन जापान तोकाई होकुरिकु र नेपाली बिधार्थी समाज जापान (नेसाज) को संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको औपचारिक समारोहमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा बिगत २० बर्ष देखि नेपालीहरुको समस्यामा सहयोग गर्दै आएका र हालै मात्र घटेको थापा -दम्पति बन्धक प्रकरणको घटनामा नेपाली समुदायलाई पुरयाएको सहयोगको कदर गर्दै लेवर युनियन नागोयाका प्रतिनिधि जापानी नागरिक ओनिस्कीलाई नेपाली टोपी र खादा ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै यस क्षेत्रको नेपाली समुदायमा हिजोका दिनदेखि नै अलपत्र परेका नेपालीको उद्दार गर्न देखिहालै घटेको थापा दम्पति बन्धक घटनाको उद्दार गर्नमा बिशेष भूमिका निर्वाहको कदर गर्दै एनआरएन जापानका सदस्य केशर गिरीलाई खादा र पुष्प गुच्छा प्रदान गरि सम्मान गरिएको छ भने कलाकार बिदुर गुरुङलाई कलाकारिता क्षेत्रमा थप प्रोत्साहित गर्दै खादा प्रदान गर्नु भएको थियो ।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा दशैंको शुभकामना ब्यक्त गर्नेहरुमा एनआरएन जापानका कार्यबाहक अध्यक्ष डिलाराम खरेल, नेपाली बिद्यार्थी समाज जापान (नेसाज ) का अध्यक्ष्य बिमल अधिकारी, एनआरएन जापानका सदस्यद्वय केशर गिरि र चिरन्जीवी सिग्देल, एनआरएन जापान तोकाई होकुरिकुका संयोजक निमा लामा, नेपाली लोकतान्त्रिक मंच, नागोयाका अन्जन खनाल हुनुहुन्थ्यो ।

एनआरएन जापान तोकाई होकुरिकुका उपसंयोजक कृष्ण प्रसाद भेटुवालको संयोजकत्वमा निर्माण गरिएको एनआरएन जापान तोकाई होकुरिकुको आफ्नो होमपेज पनि उक्त कार्यक्रममा सार्वजनिक गरिएको थियो । होमपेज सार्वजनिक गर्दै एनआरएन जापान तोकाई होकुरिकुका संयोजक निमा लामाले होमपेज निर्माणले सस्थाको काम, उदेश्य र सूचनालाई अझ प्रभावकारी बनाउने भन्दै यसमा भएका कमीकमजोरीलाई औल्याई दिन समेत आग्रह गर्नुभएको थियो | स्मरण रहोस्, होमपेज निर्माणमा लाग्ने सम्पूर्ण खर्च संयोजक निमा लामाले प्रदान गर्नु भएको हो ।

एनआरएन जापानका उपसंयोजक तथा विजयदशमी बिशेष कार्यक्रमका संयोजक बिष्णुप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा नेसाजका सचिव कृष्णप्रसाद भेटुवलले उपस्थित महानुभावहरुलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो । सामुहिक टिका ग्रहण गर्दै शुभकामना आदानप्रदान गरिएको कार्यक्रमको संचालन एनआरएन जापान तोकाई होकुरिकुका सचिव सन्देश पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा कलाकारहरु रबि शाही, राजबिन थापा, नारायण कँडेल, बिदुर गुरुङ, प्रतिमा कँडेल लगायतले आफ्नो प्रस्तुतिहरु देखाउनु भएको कार्यक्रमको संचालन एनआरएन जापानका सल्लाहकार पारसमणि पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित भई सफल बनाइदिनु भएकोमा सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै सामाजिक कार्यमा अग्रसर हुनेहरुको उचित मुल्यांकन समयले गर्दै जाने र त्यसको शुरुवात आजबाट भएकोले यो कार्यक्रम आफैँमा ऐतिहासिक रहेको दशैं कार्यक्रम संयोजक घिमिरेले बताउनु भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया