Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

jiba-lamichhane1टोकियो – गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले बिभिन्नि अनलाईन तथा सामाजिक सञ्जालहरुमा जिम्मेवार ब्यक्तिहरुकोसमेत नाम मुछिने गरी एनआरएनमा फुट आएको भन्ने खालका भ्रम सिर्जना गर्ने समाचार तथा सन्देशहरु सम्प्रेषण भएकोमा चिन्ता ब्यक्त गर्दै सत्यतथ्य बुझेर मात्र समाचार संप्रेषण गर्न मिडियामा आबद्ध सञ्चारकर्मी तथा सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

अध्यक्ष लामिछानेद्वारा प्रेषित बिज्ञप्तीमा बिदेशमा स्थापित हुन प्रयासरत नेपाली समुदायबिचको आपसी सद्भाव, भाइचारा, एकतालाई कायमै राख्न समाजका सबै जिम्मेवार ढंगले प्रस्तुत हुनसमेत हार्दिक अनुरोध गर्नुभएको छ ।

बिज्ञप्तीमा भनिएको छ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको प्रत्येक २ बर्षमा हुने महाधिबेसनहरु बिभिन्न मुलुकहरुमा भई रहेको छ ! बहुसंख्यक राष्ट्रिय समन्वय परिषदहरुमा सर्बसम्मत र केहि मुलुकहरुमा स्वस्थ्य प्रजातान्त्रिक प्रक्रियावाट नयाँ कार्यकारी समितिहरुको चयन भई सकेको छ ! केहि राष्ट्रिय समन्वय परिषदहरुमा पछिल्लो समयमा देखिएका सामान्य बिबादहरु सहमतिबाट नै मिलाउने प्रयास जारि भई रहेको अबस्थामा यस्ता विवादलाई लिएर सामाजिक संजाल र केहि अनलाईन मिडियामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका जिम्मेवार पदाधिकारीहरुको नाम समेत मुछिने गरि एनआरएनएमा नै फुट भन्ने खालका भ्रम सृजना गर्ने प्रकृतिका समाचारहरु प्रेषित भएकोले मिडियासंग आवद्द मित्रहरु तथा सम्पूर्ण महानुभावहरुमा सत्य-तथ्य बुझी समाचार सम्प्रेषण गरि दिनु हुन अनुरोध गर्दछु !

बिदेशमा भर्खरै स्थापित हुन प्रयास गरि रहेको नेपाली समुदाय बिच रहेको आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न समुदायका जिम्मेदार साथिहरु सोहि रुपमा प्रस्तुत भई दिनु हुन हार्दिक अनुरोध गर्दछु’ – बिज्ञप्तीमा उल्लेख छ । ***

 

तपाईको प्रतिक्रिया