Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
Baburamकाठमाडौ – बाबुराम भट्टराईलाई धेरै नेपालीले सुरुदेखि नै विद्वान मान्थे । अब यिनले केही गरेर देखाउँछन् भन्ने विश्वास राख्थे । तर म भने कहिल्यै पनि भ्रममा थिइन । किनभने मलाई थाहा थियो, विद्यावारिधि गर्दैमा मान्छे सर्वज्ञ र मर्मज्ञ हुँदैन र बन्न पनि सक्दैन । राजनीतिज्ञ, उद्धारकर्ता नभई हुँदैन । उनी विद्वान भएका भए नेपाली दाजुभाइलाई नै मार्ने शत्रु बनाएर नेपालीद्वारा नै हिंसात्मक कार्यमा लाग्दैनथे होलान् । गरिब र आम सोझासाझा नेपालीलाई त्रसित र भ्रमित पार्दैनथे । झन् अस्तिको वक्तव्यलाई हेर्दा त राजनीतिको ‘र’ पनि जानेका रहेनछन् भन्ने पुष्टि भएको छ । म  राजनीति गर्दिन र जान्दिन पनि, तर यति कुराको त मलाई हेक्का छ कि सार्वजनिक रूपमा के कुरा बोल्नु हुन्छ, के कुरा बोल्नु हुँदैन भन्ने । नेपालको सम्पूर्ण भेदभाव,  कुरीतिबाट मुक्त पार्ने तारणहार, पालनहार भनेर उनलाई हिजोका दिनमा चित्रित गरिएको थियो । जहाँसम्म पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने सवाल छ, म उहाँलाई नै केही  प्रश्न सोध्न चाहन्छु र तथ्य राख्न चाहन्छु । पहिलो कुरा, अहिलेको प्रमुख न्यायाधीश नेतृत्वको सरकार तपाईहरूकै कठपुतली सरकार हो । उहाँलाई भनेर किन जेल नहालेको त ? म लोकतन्त्रमाथि अटुट विश्वास राख्ने मान्छे हुँ, तर लोकतन्त्र होस् या कुनै पनि तन्त्रमा देशको एउटा नागरिकले सामान्य  अवस्थामा प्राकृतिक आपत्का बेला सेवामूलक कार्य गर्छ भने यसलाई सकारात्मक रूपमा लिनुपर्ने हो कि उल्टै जेल हाल्नुपर्ने हो ? राज्यले गर्न नसकेका कुरा या आपत्का  बेला कुनै नागरिक र संघ-संस्थाले सहयोग पुर्‍याउँछ भने त्यो त राज्यलाई प्रत्यक्ष फाइदा पुग्ने कुरा हो । बरु उल्टै भन्नुपर्ने हो कि राज्यकोषमा कम छ, तिमीसँग धेरै छ,  खोई ल्याउ भन्नुपर्ने हो र भन्नु पनि पर्छ । यो कस्तो मानसिकता र दरिद्रता हो ? कुन नैतिकता र के हैसियतले पूर्वराजालाई जेल हाल्छु भने बाबुरामले ? हिजोको सशस्त्र  युद्धमा दसौं हजार सोझासाझा नागरिकलाई मारेको भुलेर बाबुरामले पूर्वराजाले सहयोगको हात फैलाउँदा उनलाई जेल हाल्ने कुरा गर्नु कति न्यायोचित र तर्कसंगत छ ? हिजोको इतिहासलाई मूल्यांकन गर्दा पूर्वराजालाई जेल हाल्ने कि बाबुरामलाई ?
 २०५८ जेठमा राजा वीरेन्द्रको सवंश विनाश भएपछि कान्तिपुरमा डा. बाबुराम भट्टराईको लेख छापियो र त्यसमा लेखिएको थियो कि हाम्रो राजासँग अघोषित कार्यगत एकता  थियो । त्यही लेख छापेको कसुरमा कान्तिपुरका तत्कालीन सम्पादक युवराज घिमिरेसहित तीनजना जेल जानुपर्‍यो । २०५७/५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका  बेला एउटा कार्यदलले अनुसन्धान गरेको थियो, माओवादीलाई कसले फन्डिङ गरिरहेको छ भनेर । त्यसमा दरबार संलग्न रहेको तथ्य आएको थियो । एकपटक प्रचण्डले सावर् जनिक रूपमा भाषण गर्दा उनले राष्ट्रियताको सवालमा आफूलाई राजासँग तुलना गरेका थिए । माओवादी-राजावादी पटक-पटक भेटघाट शीर्षकको खबरले पनि माओवादी  र राजावादीको सम्बन्धलाई प्रस्ट पारेको छ । हालसालै वैद्यहरूले धेरै ठाउँमा राष्ट्रियताका नाममा राजासँग कार्यगत एकता गर्न सकिन्छ भनेर सार्वजनिक रूपमा नै बोल्न  थालिसकेका छन् । अहिले डा. भट्टराईको वक्तव्यलाई हेर्दा सुनियोजित ढंगबाट राजा ल्याउने रणनीति अपनाएको हो भने झन्डै-झन्डै पुष्टि हुनजान्छ । यस्ता विवादास्पद  वक्तव्यहरू दिएर ज्ञानेन्द्रको लोकप्रियता बढाउने, उनीप्रति आमजनताको सहानुभूति जनाउने रणनीति हुनसक्छ । भट्टराई स्वयम्ले सांस्कृतिक राजा चाहिन्छ भने र बनाउने  कुरामा जोड दिए । साथै पहिलो राष्ट्रपति बनाउने भन्ने गर्थे । धेरै वर्षअघि एकजना भारतीय अग्रज मित्रले भन्ने गर्थे- ‘हेर दीपक, एकदिन यिनै माओवादीले आफ्नो पार्टी  फुटाएर एउटा सानो समूहद्वारा राजा चाहिन्छ भन्छन् । हामी कार्यगत एकता गर्न तयार छौं भन्छन् । साथै हिन्दु पार्टी पनि खोल्छन् ।’ आज त्यो भविष्यवाणी पुग्न खोज्दैछ ।

तपाईको प्रतिक्रिया