Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
Sunder-Shing-Bidhuri-Souryaकाठमाडौं- यौनजन्य दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका भारतीय टेलिभिजन नेपाल वानका नेपाल प्रमुख सुन्दर सिंह विधुरी र क्यामरा पर्सन विराज श्रेष्ठलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले सातदिन थुनामा राख्न आदेश दिएको छ ।
सोमबार बेलुका नेपाल वानको काठमाडौंको तिनकुनेस्थित सम्पर्क कार्यालयबाट पक्राउ परेका विधुरी र श्रेष्ठलाई प्रहरीले आज (मंगलबार) प्रशासन कार्यालयमा पेश गरेको थियो । प्रहरीको माग अनुसार सातदिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको प्रहरीले जनाएको छ ।
उता, नेपाल पत्रकार महासंघले नेपाल वान टेलिभिजनको नेपाल सम्पर्क कार्यालय प्रमुख विधुरी र क्यामरा पर्सन श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ ।
महासंघका महासचिव ओम शर्माले आज (मंगलबार) विज्ञप्ति जारी गरेर कार्यक्रम प्रश्तोता रेणुका कँडेललाई पटक–पटक यौन दुरव्यवहार गरेको जनाएका छन् । सो विषयमा उजुरी परेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रमखु विधुरीले टेलिभिजनको कार्यक्रम सञ्चालन गर्ने कोठामा एक्लै भएको मौकामा अनेकन अश्लील कुराहरु गर्ने, टाँसिएर बस्न आउने, यो पोशाकले तिम्रो ‘सेप’ राम्रो देखिएन भन्नेजस्ता यौन दुरव्यहारजनक व्यवहार गर्दै आएको
महासंघमा दर्ता भएको उजुरीमा रहेको शर्माले बताए ।
त्यसै गरी, महासंघले कँडेलको शान्ति सुरक्षाको माग पनि गरेको छ ।

तपाईको प्रतिक्रिया