Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

Singer Samjhana Lamichhane Image 2दुबई-महिलाहरुको महान चाड हरितालिका तीजलाई बिदेशमा छरिएर रहेका दाजुभाई तथा दिदीबहिनीहरुले आ-आफ्नो परम्परागत रीतिरिवाज र धुमधांमका साथ मनाउने प्रचलन विगतदेखि नै चलिआएको छ । यूएईमा हुने तीज मनाउन चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर युएई पुग्ने भएकी छिन् ।

आगामी अगस्तको ३० तारिख दुबईमा आयोजना गरिने “तीज बिशेष सांझ-२०७०” को कार्यक्रमको निमन्त्रणामा आउने भएकी हुन् ।
जुकेना-९, अर्घाखाँची जन्म भई हाल काठमाण्डौंमा बसोबास गर्दै आएकी सम्झनाने लोक दोहोरी क्षेत्रका चर्चित गायिकाको रुपमा चिनिन्छिन् । आफ्नै एल्बम “आंसु तथा सलाई” तीजको गीत “नाच्ने हो ढल्की-ढल्की” बाट ख्याति कमाएकी थिइन् भने १० दर्जनभन्दा बढी गीतहरुमा आफ्नो सुरिलो आवाजहरु पस्किसकेकी छिन् ।
विगत ३ बर्षेखि संगीतको क्षेत्रमा लागेकी गायिका सम्झनाले आफ्नै ४ वटा एल्बमहरु बजारमा भित्र्याउन समेत सफल भएकी छिन् । सुरिलो स्वरकी धनी गहुँगोरो आकर्षक चेहरा पाएकी गायिका लामिछानेले युएइको भ्रमण दोस्रो पटक गर्दै छिन् भने अर्को महिना अगस्तमा मलेसियामा जाने पक्का गरेकी छिन् । त्यसैगरी विभिन्न गीतहरुमा मोडलिङ र मगर भाषाको फिल्म “म्यारमिन” (नाम) मा अभिनय पनि दिएकी छिन् ।
उक्त “तीज बिशेष सांझ २०७०” कार्यक्रम आगामी ३० अगस्त शुक्रबारका दिन  दुबईको इम्पिरियल स्वीट्स होटलमा सम्पन्न हुने भएको छ । अर्घाखाँची सम्पर्क समिति यूएइ र गुल्मी सेवा समाज यूएइको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक कार्यक्रममा लोक दोहोरी गायिका सम्झना लामिछानेका साथ स्थानीय कलाकारहरु होमनाथ कुँवर, सविता आचार्य, सीता ठकुरी, सृजना भण्डारी, मौसम केसी, आशिकी पाण्डे, मुस्कान भुसाल, यमलाल पराजुली, चुमन काउंछा, सूर्य केसी, मन्जु केसी, शर्मिला पौडेल, दीपक शाह र चिरन केसीको बेजोड प्रस्तुतिहरु रहने छन् ।
यूएइमा आयोजना गरिने अन्य कार्यक्रमको तुलनामा महिलाहरुको हरितालिका तीजको कार्यक्रममा धेरै सहभागिता रहने गरेकाले आयोजक समितिलाई पनि चुनौतीहरु समेत झेल्न परेको हुन्छ । कार्यक्रमलाई सांगीतिक र मनोरञ्जनात्मक तुल्याउनका लागि आयोजक समिति संशक्त ढंगले लागिपरेको अर्घाखाँची सम्पर्क समिति यूएइका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । ***
Singer Samjhana Lamichhane Image 1

तपाईको प्रतिक्रिया