टोकियो-मनाङ परिवार दक्षिण कोरियाद्वारा आयोजित “दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३” को उपाधी कास्की परिवार (दक्षिण कोरिया)ले हाता पारेको छ ।
आपतकालीन राहत कोष निर्माणको लागि जून १६ तारिख आईतबार सोयासन फुटबल मैदानमा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा कास्की परिवारले आयोजक मनाङ परिवारलाइ ३-१ ले हराउँदै उपाधि हाता पार्न सफल भएको हो । १४ वटा टिमको सहभागिता रहेको सो प्रतियोगिताको सेमीफाईनलमा कास्की फुटबल टिमले धरान फुटबल टिमलाइ २ -१ तथा मनाङ फुटबल टिमले एनफास्ट फुटबल टिमलाइ ३-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
१ दिने उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बिजयी टिम कास्की परिवारले नगद १० लाख वन, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हुने मनाङ फुटबल टिमले नगद ५ लाख वन, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । सो प्रतिगीतामा कास्कीका शुक्र तामाङले बेस्ट प्लेयर, कास्कीका रमेश गुरुङले हाइ स्कोर, मनाङका मिङमार छिरीङ लामाले बेस्ट गोल तथा मनाङका शिब घलेले बेस्ट किपरको पुरस्कार प्राप्त गरेका थिए ।
बिहान ८ बजे देखि सुरु भएको सो फुटबल प्रतियोगितामा प्रमुख अतिथि राजदूत कमान सिंह लामा रहनुभएको थियो । अन्य उपस्थित अतिथिहरूमा दोङदुछनका मेयर, खेलकुद संघका अध्यक्ष रहनुभएको थियो । कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । करीव ५ सय जना नेपालीहरुको सहभागिता रहेको सो प्रतियोगितामा नेपाली खानाको ब्यबस्था गरिएको थियो । नेपाली खानाको स्वाद चाखेका दोङदुछन्का मेयर तथा खेलकुद संघका अध्यक्षले नेपाली खानाको निकै तारिफ गरेका थिए ।
भाग्यशाली चिट्ठा सम्पन्न
आपतकालीन राहत कोष निर्माणको लागि मनाङ परिवार दक्षिण कोरियाले ‘दोश्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३’ को अवसरमा पारि भाग्यशाली चिट्ठा पनि खोलिएको थियो l सो भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार टिकट नं १०१० (कर्मा), दोस्रो पुरस्कार टिकट नं १४२ (एस .के .क्षेत्री) र तेस्रो पुरस्कार टिकट नं ६९९ (शिव घले ) ले प्राप्त गरेका थिए l बिजेताहरुले जुलाई १६ तारिक सम्म आयोजक समक्ष सम्पर्क गरी आफ्नो उपहार लिनुहुन मनाङ परिवार दक्षिण कोरियाले अनुरोध गरेको छ । सो भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार नगद ५० हजार रुपैंया, दोश्रो पुरस्कार नगद ३० हजार तथा तेश्रो पुरस्कार नगद २० हजार रुपैंया रहेको छ ।
मनाङ परिवार दक्षिण कोरियाद्वारा आयोजित उक्त फुटबल प्रतियोगिताको लागि ओम नमस्ते रेष्टुरेन्ट, दोङदुछनले ३ लाख वन , पुजा रेस्टुरेन्ट वन, दोङदेमुन २ लाख, नागार्जुन गुम्बा (वाईबिए सेवा केन्द्र) ले ३ लाख वन, नेपाल बौद्ध परिवारले ५१ हजार वन आर्थिक सहयोग गरेको थियो । ‘दोश्रो तिलिचो कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा भाग्यशाली चिट्ठा’ कार्यक्रममा आर्थिक सहयोग गर्नु हुने तथा सहभागी भइ सफल बनाइदिनुहुने कोरिया स्थित विभिन्न संघ संस्था तथा नेपाली समुदायलाइ मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष प्रकाश लामाले धन्यबाद दिनुभएको थियो ।








