Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
surya_20130616082810काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नी पत्नीलाई निजामती सेवामा प्रवेश गराउन आफ्नो पद र पहुँचको दुरुपयोग गरेकामा शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतमलाई विभागीय कारबाही गर्न निर्देशन दिएको छ ।
लोकसेवा ऐन, नियमावली र लोकसेवा कार्य सञ्चालन निर्देशिकाविपरीत गौतमले पत्नी इन्दिरा ढकाल (गौतम) लाई लोकसेवा आयोगले लिएको लिखित परिक्षाको कपी आफैंले जाँचेर उत्तीर्ण गराई पदको दुरुपयोग गरेकाले उनलाई हदैसम्मको विभागीय कारबाही गर्न अख्तियारले हालै शिक्षा मन्त्रालयले निर्देशन दिएको जानकारी स्रोतले दिएका छन् ।
अख्तियारले उनले आफ्नी पत्नीलाई उत्तीर्ण गराउन सार्वजनिक पदको दुरुपयोग गरेको ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको स्रोतले उल्लेख गरेको छ । गौतम मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुखका रूप कार्यरत छन् ।
गौतमले आफ्नी पत्नीलाई आयोगले लिएको शाखा अधिकृत (विद्यालय निरीक्षक) पदको परिक्षामा उतीर्ण गराउन पद र पहुँचको दुरुपयोग गरेका थिए । जबकि लोकसेवा कार्य सञ्चालन निर्देशिकामा कुनै पनि व्यक्तिले आफ्ना नातेदारको उत्तर कपी जाँच्न, अन्तर्वार्ता लिन नहुने र आफन्तको उत्तरकपी आफू कहाँ आएमा सिलबन्दी नखोलीकनै फर्काउनुपर्ने उल्लेख छ ।
पूर्वशिक्षा सचिव रामस्वरूप सिन्हाले लोकसेवा ऐन, नियमावली तथा लोकसेवा कार्य सञ्चालन निर्देशिकाविपरीत छोरी अन्तिमाकुमारी सिन्हालाई लोकसेवाले लिएको लिखित परिक्षाको कपी आफैंले जाँचेर उत्तीर्ण गराएका थिए ।
गौतम र सिन्हा आफ्नी पत्नी र छोरीलाई उत्तीर्ण गराउन प्रश्नपत्रको परिमार्जनमा समेत संलग्न रहेका थिए । लोकसेवाले कार्यसञ्चालक निर्देशिकाविपरीत आफ्नी छोरी र पत्नीलाई उत्तीर्ण गराउने सिन्हा र गौतमलाई कारबाहीस्वरूप विज्ञ समूहको सूचीबाट उनीहरूको नाम सधैंका लागि हटाएको छ । उनीहरूलाई लोकसेवाको कालोसूचीमा राखिएको छ ।
अख्तियारको निर्देशनपछि शिक्षा मन्त्रालयले गौतमलाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । कारबाही गर्न मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको छ । उनको स्पष्टीकरण आएपछि कुन हदसम्मको विभागीय गर्ने भन्ने निर्णय हुने जानकारी शिक्षा मन्त्रालयका एक अधिकारीले दिए ।

तपाईको प्रतिक्रिया