Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

sauravस्विडेन-विश्व साइकल यात्राको दौरानमा रहेका सौरभ दाहाल ६३ औ राष्ट्र अन्तर्गत स्विडेन प्रस्थान गरेका छन् । एक साताको फिल्याण्ड यात्रा सकेर दाहाल स्विेडेन लागेका हुन् । फिल्याडमा रहँदा उनले त्यहाँका चर्चित संचारमाध्यममा अन्तरवार्ता दिदै भने विश्वमा वढ्दो इन्धन प्रयोगले वातावरणमा असर परेको र त्यसको प्रत्यक्ष मार विश्वको सर्वोच्च शिखर सगरमाथामा परेको वताए । दाहालले वातावरण असरवाट सगरमाथालाई वचाउँन सवैसँग आग्रह गरे । उनले वढ्दो इन्धनको प्रयोगले वातावरणमा असर परेको वताउँदै इन्धन प्रयोगमा कमि ल्याउन साइकल चढ्न पनि सवैलाई आग्रह समेत गरेका छन् । विश्व साईकल यात्री दाहालले हिमाली देश नेपालको एक पटक भ्रमण गरौं भन्दै वुद्ध र सगरमाथा अंकित पर्चा र पम्पलेट बाँडेर प्रचार प्रसार समेत गरेका थिए । उनलाई फिल्याण्डका विद्यार्थी र एनआरएन सहयोग गरेका थिए । उनले स्विेडनमा पनि आफनो यात्राको उदेश्यलाई थप सक्रियताका साथ अघि वढाउने वताए ।saurav-in-finland

 

तपाईको प्रतिक्रिया